Bisal Chautari Logo

नेपाली भाषी भूटानीहरूको समूहले अमेरिकामा संस्कृतिक कार्यक्रम गर्दै

- ४ भाद्र २०७६, बुधबार १२:०२ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ, २०७६ भाद्र, ४ बुधबार ।

“Friends Forever
Real Back to Past!”
यो मूल नारालाई लिएर सन् २०१६ साल देखि अमेरिकामा पुनरवासीत बेलडाँगी एक G/1 सेक्टरमा बस्नु हुने नेपाली भाषी भूटानीहरूको समूहले एक महत्वपुर्ण भेला गर्दै आएको छ।

सो जम्घट प्रत्येक दुई वर्षको अन्तरालमा विभिन्न राज्यहरूमा गर्दै आएको कुरा समूहका सदस्य श्री ललीत गुरूङले बताउनुभयो।यो भेला चारलोट, नर्थ क्यारोलिना राज्यबाट सुरू भै साउथ् डाकोटा हुदै यो वर्ष एक्रोन, ओहायो राज्यमा यहि मिती सेप्टेम्बर एक तारिकको दिन हुन गैरहेको छ। उक्त भेलामा नेपाली संस्कृतिक कार्यक्रमको साथमा समाजका बयोबृद्ध, युवा युवतीहरूको उपस्थिति रहनेछ।
यसरी जम्घट हुनुको कारण, एकापसमा भेट हुने र त्यो बेला शरणागत जीवन गुजारा गर्दा भोगेका तिता-मिठा अनुभवहरू, बाल्यकालमा बिताएका अमिट यादहरू पुनर ताजगी हुने र सदैव एकापसमा माया आत्मीयता रहिरहने कुरा श्री गुरूङले बताउनुभयो।
“सायद कस्ले पो भुल्न सक्छ होला आफुले २०/२२ वर्ष विताएको ठाउँ!! ढुङ्गा, माटो, किरा, फट्याङ्रा पनि आफ्ना भा’को थ्यो त्यहाका राज्यले हामीलाई आफ्नो नठाने पनि!”, भन्नुहुन्छ यस समूहका बयोबृद्ध सदस्य श्री विर्ख गुरूङ।
व्यस्त जीवन शैलीमा हराउनु परेता पनि आफ्नो अतितलाई कहिलै बिर्सन नसकिने जीकीर गर्दै सम्पुर्णलाई उल्लेखित मितीमा उपस्थित भैदिन आग्रह गर्नुहुन्छ श्री गुरूङ।
आऔ सबै मिली माया बाँडौं!
केहि छिन भए पनि अतितलाई सम्झौं!!

प्रतिक्रिया