Bisal Chautari Logo

‘पासवर्ड’को अफिसियल पोस्टर सार्वजनिक

- १२ श्रावण २०७६, आईतवार १४:४० मा प्रकाशित


‘Password’ Movie Poster Released
विशाल चौतारी समाचार,
काठमाडौ, २०७६ श्रावन १२ आइतवार।
भदौ २७ गते रिलिज हुने सिनेमा ‘पासवर्ड’को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा सिनेमाको मुख्य कलाकारसहित बलिउड अभिनेत्री सन्नी लिओनी पनि अटाएकी छन् ।

सिनेमाको मुख्य कलाकार आक्रामक मुद्रामा प्रस्तुत भएका छन् । भने, सन्नीको कामुक रुप देख्न सकिन्छ । एक आइटम गीतमा नृत्य पस्किएकी सन्नीको केहि संवादसहितको दृश्य पनि सिनेमामा समेटिएको निर्माण पक्षले बताएको छ ।
एक पोस्टरमा अभिनेता अनुपविक्रम शाही र विक्रम जोशीलाई रिसाहा रुप देखाइएको छ । यी दुई बीचको द्वन्द पोस्टरले प्रस्ट्याउछ ।

सम्राट बस्नेतले निर्देशन गरेको सिनेमामा बुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, परी राणा, विक्रम बस्नेत, लिजा सुनार, छुल्ठिम गुरुङ लगायतको पनि अभिनय छ ।
एबी इन्टरनेशनलको ब्यानरमा निर्माण भएको सिनेमालाई हिरल जोशी र अमित बस्नेतले मिलेर निर्माण गरेका हुन् । अकिंत गौतम कार्यकारी निर्माता रहेको सिनेमामा अजित के थापा सहनिर्माताको रुपमा रहेका छन् । एक्सन, कमेडी, थ्रिलर जनरामा निर्माण भएको सिनेमालाई सौरभ लामाले छायाँकन गरेका हुन् ।

बिक्रम जोशिसंग गरिएको कुराकानी हेर्नुहोस् :-

प्रतिक्रिया