Bisal Chautari Logo

‘छ माया छपक्कै’ मा दीपकराज, जितु नेपाल र केदार घिमिरे देखिने

- २७ चैत्र २०७५, बुधबार ०७:३४ मा प्रकाशित


DIPAK, KEDAR AND JITU IN NEW NEPALI MOVIE CHA MAYA CHAPAKKAI

विशाल चौतारी समाचार
काठमाडौं, २०७५ चैत २७, बुधवार ।
दीपकराज गिरी नयाँ चलचित्रको निर्माणमा जुटेका छन् । रोहित अधिकारी मुभिजको ब्यानरसँग मिलेर बनाउने चलचित्रको शीर्षक ‘छ माया छपक्कै’ राखिएको छ ।

दीपेन्द्र लामाले निर्देशन गर्ने चलचित्रको कलाकार फाइनल भइनसके पनि निर्मातासमेत रहेका दीपकराजले ‘छक्का पञ्जा’ टिमकै कलाकार दोहोरिने संकेत गरेका छन् । उनले बुधबार बिहान फेसबुकमा जितु नेपाल र केदार घिमिरे माग्नेबुढासँग आफ्नो तस्बिर पोस्ट गर्दै लेखेका छन्, हामी तीन सधै यसरी नै लपक्कै, किनकि छ माया छपक्कै……!!!’

दीपकराजको यो पोस्टको संकेत ‘छ माया छपक्कै’ मा तीनैजना दोहोरिने छन् । चलचित्र कमेडी जनरामा बन्न लागेको र दशैंमा रिलिज हुने घोषणा गरिएको छ । दीपकराज गिरी र दीपाश्री निरौलाका लागि केदार घिमिरे माग्नेबुढा र जितु नेपाल मुन्द्रे ‘लक्की’ सावित भएका छन् ।

प्रतिक्रिया