ARCHANA PURAN SINGH AND SIDHHU
विशाल चौतारी समाचार
काठमाडौं, २०७५ चैत २७, बुधवार । हसाउँने कन्टेटले भरिएको द कपिल शर्मा सो विवादका कारण पनि बेलाबेलामा चर्चामा आउने गर्छ । केही समय अगाडि विवादित बयान दिएको भन्दै द कपिल शर्मा सोबाट नवोजिद सिद्धु बाहिरिएका थिए ।
उनको स्थानमा अर्चना पुरन सिंहलाई ल्याइउको थियो । अब भने उनले पनि सबैलाई आश्चर्य चकित पार्ने बयान दिएकी छिन् । उनले आफुलाई सिद्धुलाई दिएको रकमभन्दा धेरै कम दिइएको बताएकी छिन् ।
उनको यो बयानलाई कपिल शर्माले खासै गम्भीर रुपमा लिएका छैनन् । यसबारे उनले प्रतिक्रिया पनि दिएका छैनन् । तर, पुनः केपिल शर्माको कमेडी सो भने टप सोमा गनिन थालेको छ ।
प्रतिक्रिया