Bisal Chautari Logo

‘छ माया छपक्कै’ बनाउँदै दीपक–दीपा

- २६ चैत्र २०७५, मंगलवार ०६:१२ मा प्रकाशित


DIPAK AND DIPA NEW NEPALI MOVIE CHA MAYA CHAPAKKAI

विशाल चौतारी समाचार
काठमाडौं, २०७५ चैत २६, मंगलवार ।
कलाकार निर्माता दीपकराज गिरी र दीपाश्री निरौलाको ब्यानर आमा सरस्वती मुभिज र रोहित अधिकारी मुभिजले बनाउन लागेको नयाँ चलचित्रको नाम ‘छ माया छपक्कै’ राखिएको छ । चलचित्रको नाम ‘छ’ अक्षरबाटै जुराइएको छ ।

दीपेन्द्र लामाले निर्देशन गर्ने चलचित्र वैशाखमा सुटिङ हुने र दशैंमा रिलिज हुने भएको छ । ‘छ माया छपक्कै’ मा छायांकन हरि हुमागाईंको रहने निर्देशक लामाले जनाएका छन् ।

कलाकारको नाम भने फाइनल हुन सकेको छैन । चलचित्रमा दीपकराज गिरीलगायत ‘छक्का पञ्जा’ सिरिजका अधिकांश कलाकार दोहोरिने बताइएको छ ।

प्रतिक्रिया