PRIYANKA CHOPRA AND NICK DIVORCE
विशाल चौतारी समाचार
काठमाडौं, २०७५ चैत १७, आइतवार । केही समय अगाडी अमेरिकी गायक निक जोनसँग धुमधाम विवाह गरेकी अभिनेत्री प्रियंका चोपडा र निक जोनले सम्बन्धविच्छेद गर्ने तयारीमा रहको बताइएको छ ।अमेरिकी म्यागजिन ओकेमा उल्लेख भएअनुसार सम्बन्धविच्छेदको प्रक्रियामा अगाडी बढिसकेको दाबी छ ।
एक अर्काप्रति फैलिएको वितृष्णाको कारण दुवै जना डिभोर्स गर्ने अवस्थामा पुगेको उल्लेख गरिएको छ । आफुभन्दा १० वर्ष कान्छा निकसँग बिहे गरेकी प्रियंकाको व्यवहार केटाको जस्तो भएको कारण उनीहरुको सम्बन्धमा खटपट आएको दाबी गरिएको छ । हतारमा विहे गर्ने निर्णय गरेको कारण छोटो समयमा नै पछुताउनु परेको छ ।
विवाह अगाडी कुल र सरल केटीको रुपमा चिनिएकी प्रियंका प्रति निकको धारणा नै बद्लिएको छ । निकलाई आफ्नो कन्ट्रोलमा राख्न खोज्ने प्रियंकाको झर्किने र आवेशमा आउने स्वभाव निकले पहिलो थाहा पाएका थिएनन् । निकको परिवारले प्रियंकालाई सम्बन्ध बिच्छेद गर्न दबाब दिइरहेको म्याग्जिनमा उल्लेख छ ।
निकका बाबूआमाले पनि प्रियंकाको व्यवहारप्रति असन्तुष्ट व्यक्त गदैए परिपक्क ठानेर बनाएकी बुहारी उत्ताउली निस्केको र २१ वर्षको पार्टी गर्लजस्तो व्यवहार देखाएको बताएका छन् । क्रिश्चिउन र हिन्दु दुवै परम्पराबाट विवाह गरेका निक र प्रियंका अलग हुने कुरामा सम्पतिको लफडा पर्न सक्ने देखिएको छ ।
प्रतिक्रिया