Bisal Chautari Logo

मिरुना मगरको अभिनय रहेको ‘तिमीले भन्दा’ बोलको गीत सार्वजनिक

- १७ चैत्र २०७५, आईतवार ०८:४४ मा प्रकाशित


NEPALI ACTRESS MIRUNA MAGAR MUSIC VIDEO

विशाल चौतारी समाचार
काठमाडौं, २०७५ चैत १७, आइतवार ।
नायिकाको रुपमा चर्चा कमाइरहेकी मिरुना मगर पछिल्लो समयमा म्यूजिक भिडियोमा पनि व्यस्त छिन् । उनले हालै मात्र अमेरिकामा रहँदै आएकी समाजसेवी तथा गीतकार अम्बिका गुरुङको शब्दमा तयार भएको ‘तिमीले भन्दा’ बोलको गीतको भिडियोमा मोडलिङ गरेकी छिन् । गायक प्रराज पौडेलको आवाजमा समावेश यो गीतमा निल गुरुङको संगीत छ ।

भिडियोमा दर्शकले नायिका मिरुना मगरलाई मोडल विकल्पराज श्रेष्ठको साथमा देख्न सक्नेछन् । उत्सव दाहालको छायांकन रहेको भिडियोमा विकास दाहालको सम्पादन छ । भिडियोलाई अर्जुन अधिकारीले निर्देशन गरेका हुन् ।

आफ्नो माया गरेको मान्छेलाई छाड्नुपर्दा प्रेमीलाई उसको यादले कती सताउँछ भन्ने भाव भिडियोमा प्रस्तुत गरिएको छ । मिरुना र विकल्पको जोडी निकै सुहाएको छ ।

प्रतिक्रिया