IRFAN KHAN BOLLYWOOD ACTOR
विशाल चौतारी समाचार
काठमाडौं, २०७५ चैत १३, बुधवार। गएको मार्चदेखि थला परेका बलिउड अभिनेता इरफान खान उपचार गरेर लण्डनबाट भारत फर्किएको बताइएको छ ।
मिडिया रिपोर्टका अनुसार उनी भारतमा नै उपचार गर्न भने फर्किएका भने होइनन् । उनी लामो समयदेखि न्युरोनडकरिन ट्युमर समस्याबाट ग्रसित रहेका छन् ।
उनको लण्डनको एक हस्पिटलमा उपचार चलिरहेको छ । उनी बिरामी परेपछि उनका धेरै प्रोजेक्ट लथालिंग भएको बताइएको थियो। मिडिया रिपोर्टका अनुसार उनी कहिले आफ्नो काममा फर्किन्छन् त्यो भने अझै स्पष्ट हुन सकेको छैन ।
उनी इंलिस मिडियम फिल्ममा काम गर्ने फाइनल भइसकेको थियो । तर, त्यो फिल्मको काम उनी बिरामी परेपछि अगाडि बढ्न सकेको छैन ।
प्रतिक्रिया