INTU MINTU LONDON MA song SAMRAGYEE RL SHAH and SARUK TAMRAKAR
विशाल चौतारी समाचार
काठमाडौं, २०७५ भाद्र २०, बुधबार । असोज ५ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको रेनाशा वान्तवा राई निर्देशित प्रतिक्षीत फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ को तेस्रो गीत सार्वजनिक भएको छ । आज बुधवार एक प्रेसमिटको आयोजना गर्दै ‘जुरायो जुरायो…’ बोलको गीत सार्वजनिक गरिएको हो ।
गायक राजेश पायल राई र गायिका मेलिना रार्ईको स्वर रहेको गीतमा शब्द तथा संगीत बसन्त सापकोटाको रहेको छ । फिल्मका दुई लिड कलाकार साम्राज्ञी राज्यलक्ष्मी शाह र सारुक ताम्राकार फिचर्ड छन् । भिडियोमा कलाकारको ड्रेस, सेटअप, कोरियोग्राफी लगायतले धेरै राम्रो देखिएको छ । साम्राज्ञी र सारुकको इन्गेजमेन्ट हुनुअघिको रमझमलाई भिडियोमा उतारिएको छ ।
फिल्म ‘इन्टु मिन्टु लण्डनमा’लाई प्रज्ज्वल समशेर जबरा र प्रभु समशेर जबराले संयूक्त रुपमा निर्माण गरेका हुन् । फिल्ममा मिरा अर्थात् मिन्टुको भूमिकामा साम्राज्ञी, इशान अर्थात् इन्टुको भूमिकामा धिरज प्रस्तुत छन् । आई कोर फिल्मस्को व्यानरमा निर्मित फिल्मका सह–निर्माताहरुमा सुलेखा राई, बसन्त तामाङ र सुष्मिता जिरेल रहेका छन् ।
फिल्मको लेखकमा अभिमन्यु दिक्षित र रेनाशा रहेका छन् भने, आभास कर्माचार्यको संवाद रहेको छ । शैलेन्द्र धोज कार्कीको छायांकन रहेको फिल्ममा टिसूजिल कर्माचार्य, हर्कुलस बस्नेत, स्वप्न सुमन र बसन्त सापकोटाको संगीत रहेको छ ।
प्रतिक्रिया