intu mintu london ma movie mophasal tour
विशाल चौतारी समाचार
काठमाडौं, २०७५ भाद्र १५, शुक्रबार । वर्ष ०७५को प्रतिक्षित चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’को टिम मोफसल टुर गर्ने भएको छ । असोज ५ गतेबाट प्रदर्शन हुने फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ को टिम पनिले मोफसल टुर गर्ने भएको हो ।
‘इन्टु मिन्टु लण्डनमा’ को मोफसल यात्रा भाद्र १६ गते विर्तामोडबाट सुरु हुनेछ । भाद्र १७ मा दमक, भाद्र २२ मा इटहरी र विराटनगर, भाद्र २३ मा धरान, भाद्र २६ मा पोखरा, भाद्र २७ मा चितवन र भाद्र २८ मा वुटवलमा कन्सर्ट हुनेछ भने भाद्र २९ मा नेपालगञ्ज पुगेर सकिनेछ ।
मोफसल टुरमा नायक नायक धिरज मगर र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह सहभागी हुनेछन् । कोरियोग्राफर रेनशा वान्तवा राइको डेव्यु निर्देशन रहेको फिल्मको टिजर रिलिज भएसँगै चर्चामा छ ।
प्रतिक्रिया