Bisal Chautari Logo

प्रदिप र प्रतापको प्रस्तुतीसंगै आठ सहरमा ‘रोज’ दौडाहा : यस्तो छ टाइमलाइन

- ४ भाद्र २०७५, सोमबार ०५:३८ मा प्रकाशित


pradeep khadka movie ROSE National Tour Announces
विशाल चौतारी समाचार
काठमाडौं, २०७५ भाद्र ४, सोमबार । ‘रोज’को उल्टो गणना सुरु भएको छ । यही घडीमा फिल्मले देश दौडाहा घोषणा गरेको छ । आइतबार निर्माण कम्पनीले मुलुकका आठ सहरमा टुर टाइमलाइन सार्वजनिक ग¥यो ।
हलमा फिल्म प्रदर्शन हुन अझै तीन साता बाँकी छ । शुक्रबार ‘रोजी’बाट ‘रोज’ नामाकरण भएपछि क्राइम थ्रीलर ड्रामाले आगामी विहिबार ट्रेलर लन्च गर्दैछ । प्रदीप खड्का स्टारर टुरमा संवाददाता सम्मेलन र सांगीतिक कन्सर्ट हुनेछन् ।
मोफसलको ठूलो फिल्म बजार तालनगरी पोखरादेखि दौडाहा थालनी हुनेछ । १४ भदौमा मिडटाउन ग्यालरी अगाडि टीम ‘रोज’ले प्रस्तुति दिनेछ । भदौ १५ मा औद्योगिक नगरी बुटवलमा कन्सर्ट हुनेछ ।
१६ भदौ नारायणगढ, १७ भदौ इटहरी र धरान, १८ भदौ दमक र बिर्तामोड र २० भदौमा राजधानी काठमाडौंमा कन्सर्ट र प्रेसमिट हुने जनाइयो । मोफसलमा कन्सर्ट टुर थालनी गर्ने अभिनेता खड्का र नेपाल आइडल फेम्ड प्रताप दास क्रेजलाई टुरले आत्मसात गर्ने अपेक्षा गरिएको छ ।

टुरसँगै रोजद्धारा आयोजित म्युजिकल्ली कन्टेस्टको पनि प्रवद्र्धन हुनेछ । नीरक पौडेल निर्देशित फिल्म २२ भदौमा देशव्यापी प्रदर्शन हुनेछ । गोपिकृष्ण मूभिज र आरोही इन्टरटेनमेन्ट निर्माण साझेदार हुन् ।

प्रतिक्रिया