Bisal Chautari Logo

‘कायरा’को ‘यो त माया हो’ गीत रिलिज || फिलिपिन्समा खुलेको आर्यन र साम्राज्ञी जोडी (भिडियो)

- १० श्रावण २०७५, बिहीबार ११:०८ मा प्रकाशित


KAIRA movie song Ft Aaryan Sigdel and Samragyee RL Shah
विशाल चौतारी समाचार
काठमाडौं, २०७५ श्रावण १०, बिहिबार । वर्ष ०७५मा विविध विषयबाट चर्चामा रहेको ‘कायरा’को दोस्रो रोमान्टिक गीत रिलिज भएको छ । चकलेटी ब्वाईको रुपमा दर्शकमाझ चिनिदै आएका अभिनेता आर्यन सिग्देल र पछिल्ले समयकी ब्यास्त अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह फिचरिङ छन् । रोमान्टिक गीतमा आर्यन र साम्राज्ञीको केमेस्ट्री सुहाएको छ ।
चलचित्र साउन १८ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्म ‘कायरा’ को ‘यो त माया हो…’ बोलको गीतमा गायक सुगम पोखरेल र गायिका श्रेया सोताङ्गको स्वर छ । सञ्चारकर्मी नरेश भट्टराईको शब्द रहेको गीतमा कल्याण सिंहको संगीत छ ।
सार्वजनिक गीतको भिडियाका केहि सिन हार्डडिक्सबाट उडेपछि पुनः रिसुट गरिएको भिडियोमा फिलिपिन्स र नेपालमा खिचिएका दृश्य भिडियामा रहेको छ । चलचित्रको अहिले सम्म रिलिज भएका गीत तथा ट्रेलर र आर्यन र साम्राज्ञीको पहिलो पटक एकसाथ देखिएका कारणपनि फिल्म ‘कायरा’ दर्शकमाझ प्रतिक्षीत बन्दै गइरहेको छ ।

गीत हेर्नुहोस् :-


आर्यनको होम प्रोडक्सनमा निर्मित उक्त फिल्ममा आर्यन र साम्राज्ञीको साथै शिशिर राणा, हितेश शर्मा, मरिषा श्रेष्ठलगायतका कलाकारहरु पनि अभिनय छ । कोशिश क्षेत्री, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत रहेको ‘कायरा’ का गीतमा प्रविण सिंहले कोरियोग्राफी गरेका छन् । आर्यन सिग्देलकै कथा रहेको यसमा स्क्रिन प्ले र डाइलग केदार भुषालको छ भने निर्मातामा निर्देशक रिजाल छन् । यो फिल्ममा बनिष शाह र मिलन श्रेष्ठको सम्पादन रहेको छ । शिवराम श्रेष्ठको सिनेमाटोग्राफी रहेको चलचित्रमा राजकुमार भट्ट कार्यकारी निर्माता तथा दिनेश थापा र दिवस पराजुली सह–निर्मातामा रहेका छन् ।

प्रतिक्रिया