Bisal Chautari Logo

रोमियो एण्ड मुनाको ट्रेलर सार्वजनिक (प्रोमो सहित)

- ८ असार २०७५, शुक्रबार १३:४९ मा प्रकाशित


Vinay Shrestha and Shristi Shrestha romeo & muna Movie Trailer
विशाल चौतारी समाचार
काठमाडौं, २०७५ असाढ ८, शुक्रबार । फिल्म रोमियो एण्ड मुनाको ट्रेलर सार्वजनिक गरिएको छ । प्रोमोमा फिल्मका शिर्ष पात्र विनय श्रेष्ठ र सृष्टि श्रेष्ठ झगडा र प्रेमलाई महशुस गर्न सकिन्छ । प्रोमोको अन्तिममा मुनाको माया पाउान रोमियोले आफ्नो कान काटेका छन् ।
रोमियो एण्ड मुना लाई नरेश कुमार केसीले निर्देशन गरेका हुन् । यसअघि उनले डाइङ क्यान्डल फिल्म निर्देशन गरेका थिए, जसले निकै राम्रो प्रशंसा पाएको थियो । निर्देशक केसीको दोश्रो फिल्ममा विनय र सृष्टिसागै सुस्मा कार्की, सुरक्षा पन्त, प्रज्जवल सुजल गिरी लगायत कलाकाररुको अभिनय छ । प्रोमोमा सुस्मा टु पिसमा निकै बोल्ड रुपमा प्रस्तुत भएकी छन् भने सुरक्षा र प्रज्जवलको केही झलक मात्रै छ ।
साउन ११ गतेदेखि प्रदर्शनमा आउने फिल्म रोमियो एण्ड मुनामा प्रशन्नमान गोपाली, रोजी श्रेष्ठ, राम शर्मा र कविन शाक्य मिलेर बनाएका हुन् । निर्देशक केसीको पटकथा रहेको फिल्ममा निरोज महर्जनले केसीलाई संवाद लेख्न सघाएका छन् । विनय रेशम फिलिली र सृष्टि गाजलु पछि रोमियो एण्ड मुना मार्फत दर्शकमाझ आउन लागेका हुन् ।

ट्रेलर हेर्नुस् :-

ROMEO & मुना || New Nepali Movie Trailer 2018 | Vinay Shrestha | Shristi Shrestha | Shrawan 11

Starring: Vinay Shrestha, Shristi Shrestha, Prajwal, Sujal Giri, Sushma Karki, Surakshya Panta

प्रतिक्रिया