Bisal Chautari Logo

दर्जनौं युवतीसागै याम्पमा शिव श्रेष्ठ || एउटा यस्तो प्रेम कहानी: प्रचारलाई फेशन शो

- १० असार २०७५, आईतवार ०६:४७ मा प्रकाशित


euta yesto prem kahani movie shiva shrestha
विशाल चौतारी समाचार
काठमाडौं, २०७५ असाढ १०, आइतबार । मल्टि स्टारर फिल्म ’एउटा यस्तो प्रेम कहानी’ भर्खरै छायांकन सकिएको छ । आउादो भदौमा रिलिज तार्गेट गरेको फिल्मको अफिसियल प्रदर्शन घोषणा गरिएको छैन । तर निर्माण टिमले भने अघोषित रुपमा प्रचार प्रसार सुरु गरेको छ । यसैको सुरुवात स्वरुप हालै राजधानीमा एक ’फेशन शो’ सम्पन्न भयो ।
’स्टार अन दि रेड कार्पेट’ नाम दिइएको शोजमा दु दर्जन बराबर मोडलहरुले बिरालोको चालमार् याम्प नापे । जहाा मुख्य आकर्षण बने नेपाली तथा पाकिस्तानी फिल्मका पुराना स्टार अभिनेता शिव श्रेष्ठ । शिवको आगमनसागै सिट्ठी र ताली बज्यो, ’शो’ को उद्घाटन पनि भयो ।
’प्रोमोशनल इभेन्ट अफ एउटा यस्तो प्रेम कहानी’ सव टाइटलमा सम्पन्न शोज फिस्टेल मुभिजको आयोजनामा सम्पन्न भएको थियो । जहाा अमितेष कर्णको डिजाइनमा जोर्दोगी बुटिमको तर्फबाट तयार नेपाली संस्कृति झल्काउने, पश्चिमा भेषभुषा, पार्टी कलेक्सनसागै विश्वकप फुटवल विशेष कलेक्सनमा मोडलहरुलेर् याम्प नापेका थिए ।
अग्र पङ्गतीका कलाकार उपस्थित हुन नसक्दा अभिनेता नरेन खड्का, अभिनेत्री रेखा फागो, बिष्णु चेमजोङ र बाल कलाकार संवेग दर्शनधारीले फिल्मको तर्फबाट प्रस्तुति दिादा गायक विश्व नेपाली, अस्मिता परियार, बिष्णु चेमजोङ, प्रज्वल नेपाली, राहुल नेपाली, रुशि नेपालीले उपस्थित दर्शकलाई गायनसागै नृत्यको माध्यमबाट मनोरञ्जन प्रदान गरेका थिए ।
फिल्म ’एउटा यस्तो प्रेम कहानी’लाई दिपेश सापकोटाले निर्देशन गरेका छन् । फिल्ममा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, बर्षा राउत, सञ्जोग कोईराला, शक्ति श्रेष्ठ, नरेन खड्का, कविता मानन्धर, रेखा फागो, सुष्मा कार्की, बसुन्धरा भुषाल, किरण केसी, मिथिला शर्मा, ध्रुब कोईराला, बिष्णु चेमजोङ, लगायत लिड अभिनयमा छन् ।
फिस्टेल मुभिज र ट्रि इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा बनेको फिल्मको कथा शिव श्रेष्ठको छ । फिल्मको निर्मातामा शिव श्रेष्ठ, दिनेश दर्शनधारी र यशोदा रआई छन् भने सह निर्मातामा सुनिल कटवाल, रामनारायण शाह, दिनेश थापा, सुजन गौतम, खुम तामाङ र तारा तुलाधर छन् । सुशन प्रजापतिले फिल्म खिचेका हुन् ।

प्रतिक्रिया