Bisal Chautari Logo

‘प्रतिभा’को खोजी गर्दै ‘हैरान’ सुरुभयो मोफसल यात्रा

- १९ बैशाख २०७५, बुधबार ०६:२२ मा प्रकाशित


Hairan Movie Discovering the ‘talent’

विशाल चौतारी समाचार
इलाम, २०७५ बैशाख १८,बुधबार।  फिल्म ‘हैरान’ ले प्रतिभाको खोजि गर्ने भएको छ। हैरान च्यालेन्ज अन्तर्गत निर्माण टिमले ‘राष्ट्रिय प्रतिभाको खोजि’ गर्न लागेको हो । नृत्य , अभिनय र गायन विधामा प्रतिभाको खोजि वैशाख २० गते झापाबाट सुरु हुने अडिसनका लागि फिल्म युनिट मोफसल लागेको छ । फिल्मका निर्देशक सौगात विष्टसँगै कलाकारहरु गजित विष्ट , निर्मल शर्मा , सगार लम्साल , आरोही शर्मा मोफसल यात्रामा निस्किएका हुन् ।

टिमले अडिसन लिनुका साथै स्थानीय सञ्चारकर्मी र दर्शकसँग फिल्म बारे अन्तरक्रिया समेत गर्नेछन । २० गते झापाको विर्तामोडवाट सुरु गरिने अडिसन २१ गते विराटनगर ,२२ गते हेटौंडा, २३ गते चितवन, २४ गते बुटवल, २५ गते नेपालगञ्ज, २६ गते दाङ , २७ गते पोखरा तथा २८ र २९ गते काठमाण्डौंमा हुनेछ ।

अडिसनमा ८ देखि २५ वर्ष उमेरका प्रतिभाहरुले सहभागिता जनाउन सक्नेछन् ।
तिनै विधाका विजेतालाई जनही १ लाख नगद र डान्स फिवर मार्फत निर्माण हुने फिल्म तथा म्युजिक भिडियोमा अवसर दिइने छ ।

साथै टप १५ मा पर्ने सम्पूर्णलाई जनही १० हजार नगद प्रदान गरिने समेत हैरान टिमले जनाएका छन् । छनौट चरणमा प्रतियोगिले एउटा हैरानकै र अर्को आफुले नै छनौट गरेको गितमा २र२ मिनेटमा आफ्नो प्रस्तुति दिनु पर्नेछ। प्रतियोगिताका निर्णायकको रुपमा फिल्म हैरानका कलाकार निश्मा घिमिरे, गायक स्वरुपराज आचार्य, कलाकार निर्मल शर्मा, गायक सत्यराज आचार्य र नृत्य निर्देशक गम्भिर विष्ट रहनेछन् ।

जेठ ४ मा रिलिज हुने फिल्म ‘हैरान’ लाई विश्वकै कान्छा निर्देशक सौगात विष्टले निर्देशन गरेका छन् । डेब्यु फिल्म ‘लभ यु बाबा’ मार्फत नै सौगात विश्वका कान्छा निर्देशक घोषित भएका थिए । यिनै सौगात दोस्रो फिल्म लिएर आएका छन् । अघिल्लो फिल्ममा बाबु छोरी बीचको प्रेमलाई देखाइएको थियो भने यसपटक सामाजिक विषयवस्तुलाई समेटिएको निर्माण पक्षले जनाएको छ ।

फिल्ममा सत्यराज आचार्य , गजित विष्ट , मोहमद वसिम राजा , सागर लम्साल, निश्मा घिमिरे , सरोज खनाल , बुद्धि तामाङ , पुष्कर रेग्मी , एन्जल राई , आरोही शर्मा लगायतको अभिनय रहेको छ । डान्स फेभरको ब्यानरमा निर्मित फिल्ममा मुक्ति घले , सृष्टि घिमिरे , डाक्टर वाई एल लामा निर्माता रहेका छन् भने सम्झना पोखरेल कार्यकारी निर्मात्री रहेकी छिन ।

फिल्ममा कथा तथा कोरियोग्राफीमा गम्भीर बिस्ट , द्वन्दमा चन्द्र पन्त , संगीतमा सत्यराज आचार्य, स्वरूपराज आचार्य ,किरण कडेल , राजन इशान र सन्तोष श्रेष्ठ रहेका छन् । फिल्ममा निरज कडेलको छायाँकन रहेको छ भने उनलाई नवराज उप्रेतीले एसिस्ट गरेका छन् । साथै यसमा अमित श्रेष्ठको मिक्सिङ र ब्याक ग्राउण्ड स्कोर , अनन्त घिमिरेको कलर र भीएफएक्स , प्रितम पाण्डेको सम्पादन रहेको छ ।

गजित विष्ट ( हामी अडिसनको लागि निस्किएका छौ । हामीले घोषणा गरेको हैरान च्यालेन्जसँगै स्थानीय तहमा प्रेस भेटघाट पनि गर्नेछौ । फिल्मको प्रचारप्रसारसंगै हामीले लुकेर रहेका प्रतिभालाई पनि खोज्ने प्रयास गर्नेछौ । म आफै पनि रियालिटी शो मार्फत नै यहाँसम्म आइपुगेकोले मैले अवसरको महत्वलाई राम्रोसँग बुझेको छु । यसैले अवसर प्राप्त नगर्न पाएका प्रतिभालाई हामी खोज्ने कोसिशमा छौ ।

निर्मल शर्मा ( हैरानको प्रतिभा खोजिका लागि मोफसल जादैछौ । यात्रा विर्तामोडबाट सुरु हुदैछ । फिल्म आफैमा रमाइलो बनेको छ , त्यसैले हामी सम्पूर्ण टीम आफ्नो किसिमले लागिरहेका छौ ।

प्रतिक्रिया