What are the Shilpa and Deepak bug in the open?
विशाल चौतारी समाचार
काठमाडौं, २०७५ बैशाख १६, आइतबार। लोक दोहोरीबाट गायन यात्रा सुरु गरेकी गायिका भावना आचार्यले पहिलोपटक बग्ने खोला बगी गो बोलको लोकपप गीत दर्शकस्रोतामाझ पस्किएकी छिन् । भावनाले नै निर्माण गरेको गीतमा चर्चित गायक रामचन्द्र काफ्लेले उनलाई गायनमा साथ दिएका छन् ।
स्थापीत संगीतकार दीपक शर्माको शब्द र संगीत रहेकोे गीतको भिडियोमा चर्चित हिरोइन शिल्पा पोखरेलका साथ मोडल,अभिनेता दीपक ढकाललाई प्रस्तुत गरिएको छ । देबेन्द्र पाण्डेले निर्देशन गरेको भिडियो उत्सब दाहालले खिचेका हुन् । साहिल खान र मिलन श्रेष्ठले सम्पादन गरेको भिडियोमा प्रेमभाव प्रकट गरिएको छ ।
संगीतकार दीपकले यस गीतमा नेपालमा बोलीने मौलीक भाषा र भाकालाई नवीन शैलीमा प्रस्तुत गरिएको बताउँछन् ।
प्रतिक्रिया