singer prem rawal & lakshmi pariyar new lok dohori song
विशाल चौतारी समाचार
काठमाडौं, २०७५ बैशाख १६,आइतबार। नेपाली लोकदोहोरी गीत संगीतमा स्थापित बन्दैँ गरेका गायक प्रेम रावत र चर्चित गायिका लक्ष्मी परियारको लोकदोहोरी गीत बजारमा आएको छ । जिवन भोगाईका क्रममा बाध्यताले अर्काको बन्नुपर्दाको अवस्थामा आफनी पुर्व प्रेमिकालाई भुल्न नसकेको कुरा गीत मार्फत ब्यक्त गर्न खोजिएको अधिकार गीतलाई आम दर्शकले मन पराउने अपेक्षा लिइएको छ ।
सुनिता नेपाली र हिरा नेपालीको सर्वोकृष्ट शब्द तथा गायक प्रेम रावतको लय सिर्जनामा जिवनको बास्तविक भावहरुलाई गीत मार्फत तयार पारिएको छ। “अधिकार ” गीतको निर्देशन वविता श्रेष्ठले गरेका हुन भने गीतको भिडियोमा चर्चित मोडल रञ्जिता गुरुङ र विमल अधिकारी र बालकलाकारको भुमिकामा आरब श्रेष्ठको अभिनय गरेका छन । “अधिकार” गीतको छायाँकन सागर गौत्तमले गरेका हुन भने सम्पादन अविनास डिसीले गरेका छन।
हेर्नुहोस भिडियो:
प्रतिक्रिया