Bisal Chautari Logo

गायक रेवत राईको ‘पासपोर्ट’गीत सार्वजनिक (लिरिकल भिडियो)

- २४ चैत्र २०७४, शनिबार ०६:१० मा प्रकाशित


Rewat Rai Passport OFFICIAL LYRICAL VIDEO
विशाल चौतारी समाचार
काठमाडौं, २०७४ चैत २४, शनिबार । चर्चित गायक रेवत राईको ‘पासपोर्ट’ बोलको गीत सार्वजनिक भएको छ । गीतकार चन्द्रावती राईको शब्द रचना रहेको उक्त गीत गायक रेवत राईको स्वरमा सार्वजनिक भएको हो ।
उक्त गीतलाई कल्याण सिंहले संगीत संयोजन गरेका छन् भने,उदयराज पौडेलले एरेन्ज गरेका छन् भने अशोक महर्जनले मिक्सिंग गरेका छन् ।
विजय कंसाकारले लिरिकल भिडियोको छायांकन तथा सम्पादन गरेको यो भिडियो गायक रेवत राईको आफ्नै अफिसियल युट्युब च्यानल बाट सार्वजनिक गरिएको छ ।
गायक रेवत राईले यो गीतलाई आफ्नो गीति एल्बम ‘लय’मा समाबेश हुने जनाएका छन् ।

Passport – Rewat Rai [OFFICIAL LYRICAL VIDEO]

प्रतिक्रिया