Bisal Chautari Logo

पूर्णिमाको ‘हिरोज्’ का दुई गीत पप्पी देउन र मेहनत आफै गर सार्वजनिक (भिडियो सहित)

- २० चैत्र २०७४, मंगलवार १६:४९ मा प्रकाशित


Purnima Lama movie HEROZ song
विशाल चौतारी समाचार
काठमाडौं, २०७४ चैत २०, मंगलबार । प्रदर्शन मिति नजिकीदै गर्दा फिल्म ‘हिरोज्’ का दुई गीतहरु सार्वजनिक भएका छन् । चैत्र २३ गते, यहीे शुक्रबारदेखि प्रदर्शन हुन लागेको हिरोज्को पप्पी देउन र मेहनत आफै गर बोलका भएका हुन् ।
‘पप्पी देउन’ मा गीतमा प्राश्ना शाक्य र टंक बुढाथोकीको स्वर छ । टंककै शब्द र संगीत रहेको गीतको कोरियोग्राफर कविराज गहतराज हुन् । सो गीतमा पूर्णीमा लामा र संजोग राणाका नृत्य छ । त्यसैगरी कविराजले नै कोरियोग्राफी गरेको मेहनत आफै गर बोलको गीतमा भने राजेश पायल राई, जुनु रिजाल, रन्जीत शाहनी र डेबिट शंकरको स्वर छ ।

Pappy Deu Na | New Movie Dance Song | HEROZ | Karishma Manandhar, Jaya Kishan, Purnima Lama

बिकास चौधरीले संगीत भरेको यो गीत संजोग राणाले लेखेका हुन् । यो गीतमा करिश्मा मानन्धर, पूर्णीमा लामा, संजोग राणा, ज्याक श्रेष्ठ दिलकृष्ण श्रेष्ठ, सहिन प्रजापतिलगायतलाई प्रस्तुत गरिएको छ ।
सडक बालबालिकाको समस्या, चेलीबेली बेचबिखन, बेरोगजारी लगायत तथा राजनीतिक अस्थितिरता लगायतको बिषयमा निर्माण गरिएको फिल्ममा करिश्मा मानन्धर, जयकिसन बस्नेत, मुकेश ढकाल, पूर्णीमा लामा, संजोग राणा, दिलकृष्ण श्रेष्ठलगायतले अभिनय गरेका छन् ।
लक्ष्मी लामाको प्रस्तुत रहेको फिल्म झण्डै पाच दर्जन हलमा एकसाथ प्रदर्शन हुने निर्मात्री पूर्णीमाले बताएकी छिन् ।

Mehenat Aafai Gara | HEROZ | Official Song | Karishma Manandhar, Jaya Kishan, Purnima Lama


Cast: Karishma Manandhar,Dinesh DC,Jay Kishan Basnet,Purnima Lama, Mukesh Dhakal
DOP: Shiva Dhakal/ Ransharan Upreti
Choreographer: Kamal Rai , Kabiraj Gahatraj , Ramji Lamichhane
Story: Sanjog Rana
Edit : Tara Thapa ‘Kimive’
Producer: Shekhar Lama/ Yubraj Lama/ Sanjog Rana
Director: NB Maharjan
* In Cinemas: Chaitra 23/6th April 2018

प्रतिक्रिया