Bisal Chautari Logo

पोल्वाछाको शब्दमा राई इज किङ राजेशपायलले ‘सोल्टिनी ज्यु’ बोलको गीत रेकर्ड गरे (भिडियो सहित)

- १३ चैत्र २०७४, मंगलवार १३:४४ मा प्रकाशित


rajesh payal rai song soltini jyu record
विशाल चौतारी समाचार
तस्वीर : बिशाल राई
काठमाडौं, २०७४ चैत १३, मंगलबार । मेघा स्टार, राई इज किङ गायक राजेश पायल राईको स्वरमा केही दिन अगाडी ‘सोल्टिनी ज्यु’ बोलको गीत रेकर्ड गरिएको छ । बिष्णु पोल्वाछा चाम्लिङ राईको शब्द तथा आसुतोश राईको संगीतमा गीत रेकर्ड भएको हो ।
नक्साल स्थित अकोस्टिक रेकर्ड स्टुडियोमा रेकर्ड भएको गीतको बारेमा बोल्दै मेघा स्टार राजेश पायल राईले पुर्वेली लोक धुनमा तयार भएको गीतलाई राम्रो बनाउने प्रयास गरेको बताए । भने ‘डाडाकाडा तिर लगाइने माया परितीको कुराहरु गीतमा बिष्णु पोल्वाछा चाम्लिङले उतारेका छन् ।’
त्यस्तै यस गीतका गीतकार बिष्णु पोल्वाछाले रेकर्ड भएको गीतको बारेमा बोल्दै भने‘इन्टरनेशलन पप स्टार उपाधी पाइसक्नु भएका गायक राजेश पायल राईको स्वरमा गीत रेकर्ड गराउन पाउदा धेरै खुसि लागेको छ ।’ भने ‘मेरो शब्दले बोकेको भाव गीतमा झल्किएकोले गीत अति नै राम्रो बनेको छ,’ गीतकार पोल्वाछाले बताए ।
त्यस्तै यस गीतका संगीतकार आसुतोश राईपनि रेकर्ड भएको गीतलाई पुर्वेलि लोक भाकामा मिठास बनाउने भरपुर प्रयास गरेको बताए । डोएट पुर्वेलि लोक भाका गीतमा गायिकाको भने रेकर्ड भएको छैन ।
रेकर्ड भएको गीत ‘सोल्टिनी ज्यु’ विशाल चौतारी मिडिया प्रा.ली.बाट चाडै लिरिकल, स्टुडियो भिडियो अनी म्युजिक भिडियो सार्वजनिक हुनेछ ।

rajesh payal rai – नाच्दै गीत रेकर्ड गर्छन राजेश पायल || exclusive interview | soltini jyu (भिडियो हेर्नुहोस्)


Singer : Rajesh payal Rai
Lyrics: bishnu polwangchha chamling
Music: asutosh Rai
Arranger : dinesh neupane
Interviewee : Rajesh payal Rai, bishnu polwangchha chamling, aashutosh Rai
Interviewer : Bishal Rai
Camera : Bishal Rai

प्रतिक्रिया