Jhal Nath Khanal BEST Reaction After Watching shatru gate movie
विशाल चौतारी समाचार
तस्वीर : आर्यन बिमली
काठमाडौं, २०७४ चैत १३, मंगलबार । गत शुक्रबार देखि प्रदर्शनरत मल्टि स्टार फिल्म ‘शत्रु गते’ले ब्यापार मात्र राम्रो गरिरहेको छैन, वर्ड अफ माउथ पनि राम्रै पाईरहेको छ । फिल्म हेर्न पुगेका अधिकाँसले यसलाई रुचाएका छन् । प्रदर्शनको तिन दिनमै ३ करोड २७ लाख बराबरको कारोबार गर्न सफल भएको फिल्मलाई पछिल्लो समय हेर्ने चाहना दर्शकसंगै फिल्मकर्मी र राजनीतिज्ञमा पनि बढ्दो छ ।
प्रदर्शनको चौथो दिन फिल्म हेर्न नेकपा एमालेक पुर्व अध्यक्ष तथा प्रधानमन्त्री झलनाथ खनाल पुगेका छन् । राजधानीको बागबजारमा रहेको सिटी म्याक्स हलमा उनि सहित भिम रावल, देबेन्द्र पौडेल, ठाकुर गैरे, जीवन राम श्रेष्ठ पुगेका थिए । पुर्व प्रधानमन्त्री खनालले फिल्म हेर्ने ईच्छा व्यक्त गरेपछि उनको सचिवालयले हलमा विशेष शोको आयोजना गरेको थियो ।
खनाल सहित अन्य शीर्षस्थ नेताको टोलि फिल्म हेर्न पुगेको थाहा पाएपछी फिल्म ‘शत्रु गते’ युनिट हलमा पुगेको थियो । हरिवंश आचार्य, किरण केसी, दीपक राज गिरी, दीपाश्री निरौला र प्रदीप भट्टराई हल पुगेका थिए । अधिकाँस राजनीतिज्ञ आफ्नो परिवार सहित फिल्म हेर्न आएका थिए । ‘फिल्म रमाइलो बनेको छ , हाँसोले भरिएको छ’ फिल्म हेरिसकेपछी झलनाथले मिडियासँग कुराकानी गर्दै भने ‘मह सञ्चारको फिल्मले निराश बनाउदैन, पूर्ण मनोरन्जन दिन्छ ।’
यसैगरि सोमबार नै सदाबहार नायक भुवन केसी र उनको ब्यानरमा बन्ने फिल्म ‘क्याप्टेन’का निर्देशक दिवाकर भट्टराईले पनि फिल्म हेरेका छन् । कमलपोखरी स्थित सिटी सेन्टरमा रहेको बिग मुभिजमा भुवन र दिवाकरले फिल्म हेरेका हुन् । सोमबार नै फिल्म ‘राम कहानी’ युनिटले पनि फिल्म हेरेका छन् । निर्देशक सुदर्शन थापा सहित कलाकारहरु आकाश श्रेष्ठ , केदार घिमिरे ‘माग्ने बुढा’ र पुजा शर्मा फिल्म हेर्न पुगेका थिए ।
फिल्मलाई ‘जात्रा’ निर्देशक प्रदीप भट्टराईले निर्देशन गरेका हुन् । फिल्मलाई मह सञ्चारको ब्यनारमा निर्माण गरिएको छ भने यसका प्रस्तुतकर्ता किरण केसी हुन् । फिल्ममा हरिवंश आचार्यको कथा रहेको छ । पटकथालाई निर्देशक भट्टराई र दीपकराज गिरी तथा संवाद भने निर्देशक भट्टराईले कथाकार हरिवंश आचार्यसंग मिलेर तयार गरेका हुन् । यसमा छायाँकन दिर्घ गुरुङको रहेको छ भने सम्पादन मित्र गुरुङले गरेका हुन् । यसमा दीपकराज गिरी , दीपाश्री निरौला , नरेन्द्र कंसाकार , शिवहरी पौडेल , यसोधा श्रेष्ठ र रमिला आचार्य निर्माता रहेका छन् ।
Camera : Bishal Rai
प्रतिक्रिया