satru gate movie
विशाल चौतारी समाचार
काठमाडौं, २०७४ चैत ११, आइतबार । मल्टि स्टार चलचित्र ‘शत्रु गते’ लाई दर्शकले रुचाएका छन् । शुक्रबार देखि प्रदर्शनमा आएको चलचित्रको ब्यापार शनिवारसंगै आइतबारपनि आक्रामक देखिएको छ ।
शुक्रबार फिल्म हेरेका दर्शक मार्फत फैलिएको ‘वर्ड अफ माउथ’ का कारण शनिवार फिल्मलाई दर्शकको साथ् मिलेको छ । शनिवार राजधानीका अधिकाँस मल्टिप्लेक्स हाउसफुल रहयो भने मोफसलमा पनि अवस्था त्यस्तै रह्यो । राजधानीको क्युएफएक्स , बिग मुभिज , बिएसआर मुभिज लगायतका हलमा कयौ दर्शकले टिकेट पाएनन् भने गोपीकृष्णमा ६ हल , अस्टनारायणको ३ वटा , गुण सिनेमाको ४ वटा हल हाउसफुल रह्यो ।
फिल्म हेर्ने दर्शकले फिल्मलाई रुचाएको निर्माण टीमले जनाएका छन् । फिल्म हेर्न स(परिवारनै आउनेको भिडभाड हलमा छ भने सबै समुहको दर्शकलाई यसले हलसम्म तान्न सफल भएको छ । फिल्मको कथा वस्तुसंगै यसको हासो र रोदनलाई दर्शकले रुचाएका छन् । फिल्म हेरिसकेका अधिकाँस दर्शकले हरिवंश आचार्यको भूमिकालाई रुचाएका छन् भने दीपक राज गिरी अघिल्ला फिल्म भन्दा भिन्न रहेको प्रतिक्रिया दिएका छन् । ‘हामी पहिलो सफलता नै दर्शकले मन पत्तै दिनु हो’ हरिवंश भन्छन ‘ दोस्रो सफलता पनि पाईरहेका छौ , शनिवार राजधानी मात्र होइन मोफसलमा पनि फिल्म हाउसफुल रहेको रिपोर्ट पाएका छौ ।’
फिल्मलाई ‘जात्रा’ निर्देशक प्रदीप भट्टराईले निर्देशन गरेका हुन् । फिल्मलाई मह सञ्चारको ब्यनारमा निर्माण गरिएको छ भने यसका प्रस्तुतकर्ता किरण केसी हुन् । फिल्ममा हरिवंश आचार्यको कथा रहेको छ । पटकथालाई निर्देशक भट्टराई र दीपकराज गिरी तथा संवाद भने निर्देशक भट्टराईले कथाकार हरिवंश आचार्यसंग मिलेर तयार गरेका हुन् । यसमा छायाँकन दिर्घ गुरुङको रहेको छ भने सम्पादन मित्र गुरुङले गरेका हुन् । यसमा दीपकराज गिरी , दीपाश्री निरौला , नरेन्द्र कंसाकार , शिवहरी पौडेल , यसोधा श्रेष्ठ र रमिला आचार्य निर्माता रहेका छन् ।
Maha Sanchar Presents
Kiran Kc’s
Movie : Shatru Gate
Director Pradip Bhattarai
Producer : Deepak Raj Giri, Deepa Shree Niraula, Narendra Kansakar, Shivahari Poudel, Yasodha Shrestha, Ramila Acharya
Cast : Madan Krishna Shrestha, Haribamsha Acharya, Deepak Raj Giri, Deepa Shree Niraula, Priynaka Karki, Paul Shah, Aanchal Sharma, Basundhara Bhusal, Rajaram Poudel, Shiva Hari poudel, Kiran KC, Sushma Karki, Anju Maharjan, Raesh Ranjhan Jha, Narendra Kansakar, Mohit Bamsa Acharya, Raju Bhuju
प्रतिक्रिया