Bisal Chautari Logo

‘कृ २’ बन्ने, अनमोल दोहोरिने पक्का

- १० चैत्र २०७४, शनिबार १२:३५ मा प्रकाशित


anmol kc movie kri-2
विशाल चौतारी समाचार
काठमाडौं, २०७४ चैत १०, शनिबार । वर्ष ०७४मा रिलिज भएको चलचित्र ‘कृ’ बाट राम्रो प्रतिक्रिया पाएपछि अनमोलले अब यसको सिक्वेलमा पनि काम गर्ने लगभग पक्का भएको छ । उनले ‘क्याप्टेन’ पछि यो फिल्मको काममा व्यस्त हुने निर्माण टिमलाई वचन दिएका छन् ।
‘कृ’ प्रदर्शनका लागि केही दिन अगाडि जापान उड्ने क्रममा निर्माता सुवास गिरी र अनमोलवीच ‘कृ २’को विषयमा मौखिक कुराकानी भएको हो । कागजी सम्झौता भने चाँडै हुने निर्माता सुवासले बताए । सुवासले भने ‘हामीले ‘कृ’ को कथा सिक्वेल निर्माण गर्ने गरि नै छाडेका थियौं । अनमोल फेरि ‘कृ २’ मा दोहोरिने छन् । अरु सबै नयाँ हुन सक्छन् ।’
वर्ष २०७६ मा फिल्म रिलिज गर्ने तयारीमा निर्माता गिरी छन् । उक्त फिल्मको अधिकांश छायांकन यूकेमा हुनेछ । खबर अनुसार, ‘कृ’ जहाँबाट अन्त्य भएको थियो, सिक्वेलको कथा त्यहीबाट अगाडि बढ्नेछ । फिल्ममा सुवास गिरीको मात्र लगानी रहनेछ । ‘कृ’ का निर्देशक सुरेन्द्र पौडेलले सिक्वेल निर्देशन गर्ने सम्भावना भने निकै न्यून रहेको स्रोत बताउँछ ।
उता अभिनेता अनमोल अब चाँडै आफ्नो छैटौँ फिल्म ‘क्याप्टेन’ को सुटिङमा व्यस्त हुँदैछन् । यो फिल्ममा उनी फुटबल खेलाडीको भूमिकामा देखिँदैछन् । दीवाकर भट्टराईले निर्देशन गर्न लागेको फिल्ममा भुवन केसी निर्मातामा छन् ।

Anmol kc का craze fan रुनेदेखी भ्यालेन्टाइन फुल दिने सम्म भेटिए | kri Movie Premier Show


anmol kc craze fan Kri movie Premier Show

प्रतिक्रिया