Bisal Chautari Logo

‘आगामी ५ वर्षको लागि ओली प्रधानमन्त्री, प्रचण्ड अध्यक्ष’- महेन्द्रबहादुर शाही

- ३० पुष २०७४, आईतवार १०:३१ मा प्रकाशित


Oli Prime Minister Prachand Chairman for the next 5 years
विशाल चौतारी समाचार
भक्तपुर, २०७४ पौस ३० आइतबार । वाम गठबन्धनको एकता र सरकार बन्ने कि नबन्ने भनेर चर्चा चलिरहदा नेकपा ९माओवादी केन्द्र० का नेता महेन्द्रबहादुर शाहीले वाम गठबन्धन एकता भएरै छाड्ने बताएका छन् । वाम एकता तोड्न देशीविदेशी शक्तिको चलखेल बढेको पनि उनले आरोप लगाएका छन् ।
                                                                                                                      फाइल फोटो

रफत सञ्चार क्लबमा आइतबार आयोजित कार्यक्रममा आगामी पाँच वर्षसम्म वाम गठबन्धनबाट एक प्रधानमन्त्री र अर्को पार्टी अध्यक्ष हुने गरी दुई पार्टीबीच सहमति हुने बताउँदै उनले भने, “वाम गठबन्धनको सरकारमा केपी शर्मा ओली प्रधानमन्त्री भए प्रचण्ड पार्टी अध्यक्ष हुनेछन्, त्यो कार्यकाल पाँच वर्ष हुनेमा कसैलाई शंका नगर्न म आग्रह गर्छु ।
६ नं प्रदेशको मुख्यमन्त्रीका लागि आफू योग्य रहेको र जिम्मेवारी बहन गर्न तयार रहेको बताए । उनले भने “प्रदेश राजधानीका विषयमा ६ नं प्रदेशमा कुनै विवाद छैन, प्रदेशको समग्र विकासका लागि राजनीतिक दलहरु एक जुट हुनुपर्छ”, ।
उनले निर्वाचन आयोगले नयाँ सरकार गठनमा देखाएको अलमल रहस्यमय छ भन्दै आयोगले तत्परता देखाउन नसक्दा नयाँ सरकार गठनमा अवरोध भएको र संविधानसमेत उल्लंघन भएको टिप्पणी गरे ।
नेता शाहीले ६ नं प्रदेशको मुख्यमन्त्रीका लागि आफू योग्य रहेको र जिम्मेवारी बहन गर्न तयार रहेको बताए । “प्रदेश राजधानीका विषयमा ६ नं प्रदेशमा कुनै विवाद छैन, प्रदेशको समग्र विकासका लागि राजनीतिक दलहरु एक जुट हुनुपर्छ”, उनले भने ।

प्रतिक्रिया