Bisal Chautari Logo

८५ वर्षका उमेरमा नागरिकता बनाएका

- ७ पुष २०७४, शुक्रबार १३:२४ मा प्रकाशित


Made citizenship at the age of 85
विशाल चौतारी समाचार
नुवाकोट, २०७४ पुस ७ शुक्रवार ।बेलकोटगढी नगरपालिका–६ अर्चलेकी कुन्तुमाया तामाङले ८५ वर्षका उमेरमा नागरिकता बनाएका छन् ।
विसं १९८९ भदौ ६ गते जन्मनुभएकी तामाङले जिल्ला प्रशासन कार्यालय नुवाकोटबाट बिहीबार वंशजका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र लिएको प्रजिअ वीरेन्द्र यादवले जानकारी दिए ।
उनको नागरिकता प्रमाणपत्र नंं २५०१७४÷०६१२६ रहेको छ । सानै उमेरमा विवाह गरी घरमा बस्दै आउनुभएकी तामाङका श्रीमान् र एक मात्र छोराको समेत मृत्यु भइसकेकाले कागजात जुटाउन नसक्दा नागरिकता प्राप्त गर्नबाट उहाँ वञ्चित हुँदै आएका थिइन् ।
तामाङ समुदायको बाहुल्य रहेको उक्त वडाका अर्चले, डडुवालगायत बस्तीमा सचेतना अभावले महिलाहरु नागरिकता लिन वञ्चित हुने गरेका छन् ।

प्रतिक्रिया