Bisal Chautari Logo

खोला बस खस्दा दश घाइते

- ६ पुष २०७४, बिहीबार १३:३६ मा प्रकाशित


Only ten people injured in the accident
विशाल चौतारी समाचार
 कपिलवस्तु ,२०७४ पुस ६ बिहिवार ।  बुद्धभूमि नगरपालिका वडा–२ कुन्र्दे खोला नजिक आज साँझ बस दुर्घटना हुँदा दश जना घाइते भएको छन् ।
                                                                                                                             फाइल फोटो

बुटवलबाट पश्चिम कृष्णनगर जाँदै गरेको लु १ ख ९२८७ नंको बस तीव्र गतिका कारण अनियन्त्रित भई बाटो छेउमा पल्टिँदा सो दुर्घटना भएको इलाका प्रहरी कार्यालय गोरुसिङ्घेले जनाएको छ ।
घाइतेलाई नेपाल प्रहरी र नेपाली सेनाले उद्धार गरी अस्पताल पु¥याएका छन् । साधारण घाइते तीन जनाको स्थानीय बुद्धपोली क्लिनिक र थप सात गम्भीर घाइतेको सामुदायिक अस्पताल जीतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया