Bisal Chautari Logo

एसएलसी दिएर बसेका युवा र युवतिहरु सौन्दर्य प्रतिस्पर्धामा

- १ असार २०७२, मंगलवार १६:०७ मा प्रकाशित


SLC sitting young and the young beauty competition
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ जेठ १ मंगलबार । रिवन इन्टरटेनमेन्टले यही असार १७ गते ‘मिस एण्ड मिस्टर एसएलसी अफ द इयर’को आयोजना गर्ने भएको छ । काठमाण्डौको राष्ट्रिय नाचघरमा आयोजना हुन लागेको यो प्रतिस्पर्धामा मुख्य उपाधीका साथै फस्ट, सेकेन्ड, थर्ड र फोर्थ रनरअपको पनि घोषणा हुनेछ ।

SLC sitting young and the young beauty competition
साथमा विभिन्न विधामा पुरस्कार पनि प्रदान गरिने आयोजकले जनाएको छ । रिवन इन्टरटेनमेन्टकी अध्यक्ष निशु झाका अनुसार उपाधी विजेताले प्लस टू सम्मको अध्ययनका लागि पूर्ण छात्रावृत्ती पाउनेछन् । साथै विजेता यूवती र यूवक दुवैलाई आइएलटीए र टफेल भाषाको कोर्षमा पनि छुट दिइनेछ ।
अहिले प्रतिस्पर्धीहरुलाई गुरमिङ, स्विमिङ, व्यक्तित्व विकास, चित्रकला, श्रृङगार, जुम्बा लगायतका प्रशिक्षण दिइएको छ ।
‘मिस एसएलसी अफ द इयर २०१५’ मा करिना बमजन, सारा कपाली, डोल्मा तामाड.,जीना श्रेष्ठ, प्रियासा हमाल ठकुरी, मौसमी खत्री, प्रतिक्षा खनाल, सुष्मा सिलवाल, इनु राई, वीनी महर्जन, रोजी लामा, दीपा मानन्धर, प्रशंसा दाहाल, सगुन अर्याल, नलिना महर्जन, सविना न्यौपाने, ओजस्वी ढकाल, लक्ष्मी गुरुड., अनु तामाड., स्वस्ती बैद्य, पुनम श्रेष्ठ, स्वस्तीका शाक्य , पुजा परियार, प्रविना घले, तेन्जीङ डोल्मा तामाङ र दीव्या बर्देवा गरी २६ जनाले प्रतिस्पर्धा गर्दैछन् ।
यसैगरि ‘मिष्टर एसएलसी अफ द इयर २०१५’ मा गगन फुयाँल, दिपेन्द्र कार्की, सन्देश न्यौपाने, रिदम रिक रिमाल, सलिन शर्मा, विश्वास बुढाथोकी, सुवास पाण्डे, अधिराज मल्ल, स्वस्तिक आर्चाय, करन थापा, रिकि लामा, रोहित खड्गी, विपीन राना मगर र रोचक लामा गरि १४ जनाले प्रतिस्पर्धा गर्दैछन्। प्रतियोगिताका लागि अश्विनी झाले कोरियोग्राफी गरिरहेका छन् ।
एसएलसी दिएर बसेकाहरुलाई सहभागी गराउँदै अहिले काठमाण्डौ लगायत देशभर विभिन्न नाममा सौन्दर्य प्रतियोगीता भैरहेका छन् ।

प्रतिक्रिया