Bisal Chautari Logo

किरणले नेपाली संगीतमा ‘ओझेल’ थपे

- ३२ जेष्ठ २०७२, सोमबार ०५:१६ मा प्रकाशित


Kiran Ijam Limbu Nepali music in ojhel added
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ जेष्ठ ३२ सोमबार । गायक तथा कम्पोजर किरण इजन लिम्बु आफ्नो नयाा एल्बम ‘ओझेल’ लिएर बजारमा आएका छन् । सात बर्ष अघि ‘द वारियर ब्यान्ड’ स्थापना गरेर सोही ब्याण्डबाट पहिलो एल्बम ‘परिक्षा’ बजारमा ल्याएका किरणले पुन लामो समयको ग्यापपछि दोस्रो एल्बम लिएर देखा परेका हुन् ।Kiran Ijam Limbu Nepali music in ojhel added
‘पहिलो एल्बमबाट निकै राम्रो प्रतिक्रिया पाएपनि त्यसपछि अलि ओझेलमा परेको थिए’, गायक लिम्बुले भने, ‘अब दोस्रो एल्बम ओझलले भने मलाई ओझेलबाट बाहिर ल्याउछ भन्ने अपेक्षा छ’ । रक पप शैलीको एल्बम ‘ओझेल’मा उनले निकै मेहनत गरेको पनि सुनाए । ‘पहिले रहरै रहरमा एल्बम गरियो तर यसपाली भने निकै मेहनत गरेको छु’, एक बसाईमा ‘हस्की भ्वाईस’का धनी गायक लिम्बुले प्रतिक्रिया दिए ।
‘नयनभरी’, ‘एक्लो रात’, ‘मस्की मस्की’, ‘मुक्ति’ र ‘तिमीलाई मैले’ लगायत ६ वटा गीत एल्बम ओझेलमा समावेश गरिएको छ । एल्बमका ६ मध्ये दुई गीतको म्युजिक भिडियो पनि तयार भईसकेको गायक लिम्बुले जानकारी गराएका छन् । ‘नयनभरी’ र ‘मस्की मस्की’ बोलको गीतहरुको भिडियो तयार पारिएको हो, जसको निर्देशन विज्ञान राईले गरेका छन् । भिडियोलाई चाडैं सार्वजनिक गरिने पनि उनले जानकारी गराएका छन् ।

प्रतिक्रिया