Bisal Chautari Logo

राजेश पायलले भुकम्प सम्वन्धि गीत रेकर्ड गराए

- २८ बैशाख २०७२, सोमबार १४:०२ मा प्रकाशित


rajesh payal rai Earthquake recorded songs
विशाल चौतारी समाचार
तस्बिर : सुर्य चाम्लिङ
काठमाडौ, २०७२ बैशाख २८ सोमबार ।  गत वैशाख १२ गते नेपालमा विनाशकारी भूकम्पका कारण अहिले नेपाली साङ्गीतिक क्षेत्रमा ब्यावसायिक गीतहरु खासै बनेका छैनन् । तर अहिले भुकम्प सम्वन्धित गीतहरु भने बनिरहेका छन् । यस्तै क्रममा चर्चित गायक राजेश पायल राईले भुकम्प सम्वन्धि गीत रेकर्डिङ गराएका छन् । गीतकार दृप चाम्लिङको शब्द तथा चर्चित संगीतकार महेश खड्काको संगीत रहेको गीत हिजो रेकर्डिङ सम्पन्न भएको हो ।

rajesh payal rai Earthquake recorded songs
‘मरेका आउदैनन् फर्की बाचेकाले गरौ केही’ बोलको गीतको रेकर्डिङ मञ्जुश्री रेकर्डिङ स्टुडियोमा भएको हो । यो गीत संगीतकार संघ नेपालका अध्यक्ष लक्ष्मण शेषले रेकर्डिङ निशुल्क गरिदिएको गायक राजेश पालयले बताए । यो गीतलाई महाराज थापाले एरेञ्ज गरेका हुन् । बताइए अनुसार यो गीत चाडै सार्वजनिक गरिने संगीतकार महेश खड्काले बताए ।

THIS NEWS YOUR COMMENT HERE

प्रतिक्रिया