Bisal Chautari Logo

भूकम्प प्रभावित काभ्रे देउपुरका ३ वडामा आकाश अधिकारीको राहत एवं स्वास्थ्य शिविर

- २३ बैशाख २०७२, बुधबार ०९:५८ मा प्रकाशित


Akash Adhikari Relief and Health Camp earthquakes-affected area
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ बैशाख २३ बुधबार । निर्देशक तथा अभिनेता आकाश अधिकारीको गैर सरकारी सामाजिक संस्था ‘आशाको ज्योती नेपाल’ ले काभ्रे पलाञ्चोक स्थित देउपुरका तीन वटा वडाका भूकम्प प्रभावितलाई राहत वितरण गर्दै एक दिने स्वास्थ्य शिविर समेत सञ्चालन गरेको छ ।

Akash Adhikari Relief and Health Camp earthquakes-affected area
आकाशको ‘आशाको ज्योती नेपाल’ ले देउपुरका ७, ८ र ९ वडाका भूकम्प प्रभावितलाई पााच लाख बराबरको खाद्यन्न वितरण गरेको हो । सोमबार सााझ राजधानीबाट झण्डै ४५ जनाको टोली त्यहाा पुगेको थियो । निर्देशक एवं अभिनेता आकाश अधिकारीको संयोजकत्व रहेको टोलीमा डाक्टर तथा स्वयंम सेवक सहित अपकमिङ एक्टर आर्यन अधिकारी, सञ्चारकर्मी र संस्थाका सदस्यहरुको सहभागीता थियो ।
‘आशाको ज्योती नेपाल’ को स्वास्थ्य शिविर एवं राहतबाट तीन वडाका ३ सय ४६ घरधुरी लाभान्वित भए । वडा नं ९ का सबैभन्दा वृद्ध दम्पती (९० वर्ष भन्दा माथि) बाट निर्देशक एवं अभिनेता अधिकारीको हातबाट खाद्यन्न सेवा वितरणको प्रारम्भ गरिएको थियो । भूकम्पले गर्दा हरेक घर तथा भवनमा मान्छे बस्न नहुने गरी क्षति भएको सिङ्गो गाविसमा सरकारी तहबाट हाल सम्म जम्मा ५० वटा त्रिपाल वितरण गरिएको गाविस सहायक रामचन्द्र बजगााईले बताए । अन्य संस्था तथा व्यक्तिले उक्त गाविसमा राहत पुऱ्याएपनि आकाशको ‘आशाको ज्योती नेपाल’ ले विरतण गरेको राहत सेवा नै हाल सम्मको सबैभन्दा ठूलो हो ।

Akash Adhikari Relief and Health Camp earthquakes-affected area-1
१ सय क्विन्टल चामल, २५ कार्टुन चाउचाउ, ३६ बोरा भुजा, विस्कुट २ कार्टुन, दाल ५० केजी, त्रिपाल १ सय थान, चिउरा १० बोरा, नुन ६ बोरा, दालमोठ १ कार्टुन, आलु १ बोरा, गुन्द्री (प्लास्टिक) १ सय २० थान, त्रिपाल रोल ५ थान र म्याट्रेस ९० मिटर तीन वडाका भूकम्प प्रभावितलाई वितरण गरेको गाविस सहायक बजगााइको रेकर्डमा छ । २१ जनाको ज्यान गएको देउपुकरका अधिकाशं मानिस आफ्नो घर छोडेर गोठ, तथा बारीको पाटामा पाल टाागेर बस्न बाध्य छन् ।
देउपुरका भूकम्प प्रभावितको दु:खद अवस्था देखेपछि निर्देशक तथा अभिनेता आकाश अधिकारीले भने, ‘हामी जुन लक्ष्य लिएर यहाा आएका थियौं, त्यो पूरा भयो । किनकी हामी भूकम्प प्रभावित कहाा प्रत्यक्ष रुपमा पुगेर उहााहरुको घाउमा थोरै भएपनि मल्हम लगाउन चाहान्थ्यौं । उहााहरुको वास्तविक पिडा महसुश गर्न चाहान्थ्यौं । हामीले सकेको राहत प्रभावित कहाा स्थानिय अगुवाको रोहवरमा सही ढंगबाट वितरण भएकोमा हाम्रो टिम एक हिसाबले खुसी पनि छ, तर यहााका जनताको अवस्था देख्दा जो कोही लाई दु:खी बनाउाछ ।’ भूकम्पबाट ज्यान गुमाएको परिवार र जेष्ठ नागरिकको पिडा सुन्दा आफू निकै भावुक बनेको आकाश बताउाछन् । गाउामा युवा जनशत्ति नभएकाले पनि यो विपदमा सरकारी, गैर सरकारी तथा व्यक्तिको सहयोग आवश्यक रहेको उनको ठम्याइ छ ।
भूकम्पले क्षति बनाएका घर तथा भवनहरुलाई मात्रै सरकारले पुर्न निर्माण गरेर नहुने आकाशको आग्रह बुझाई छ । आकाशको भनाईमा ‘राज्यले पुरै भत्किएका घर मात्रै बनाउाने होइन, चर्किएका घरहरुलाई पनि मर्मत गर्नुपर्छ । थप जन धनको क्षत नहोस् भन्नका लागि चर्किएका घर तथा भवनलाई इञ्जिनियरले परिक्षण गरेर मात्रै बास बस्न सुरु गर्नु पर्छ ।’
राहत वितरणमा सहयोग पुऱ्याउाने शनि सगरमाथा समाज, नेपाल एशोसियशन अफ नर्थन क्यालिफोर्निया, नेपाल चिल्ड्रेन वेल फेयर सोशाइटी, आइ टु विइ, दाउन्ने देवी गाविस तथा जमुनिया गाविस (नवलपरासी) का साथीहरु सम्पूर्णलाई धन्यवाद दिदैं आगामी दिनमा नुवाकोट, गोर्खा र सिन्धुपाल्चोक जस्ता भूकम्प प्रभावित क्षेत्रमा राहत तथा स्वास्थ्य शिविर सञ्चालन गर्ने निर्देशक तथा अभिनेता आकाश अधिकारीले बताए ।
आशाको ज्योतीसागै देउपुरका भूकम्प प्रभावितको स्वास्थ्य शिविरमा सहभागी भएकी ब्रिटिस नागरिक डा.सुसन ह्यामब्लीनले नेपालको यो स्थितिमा म सहयोग गर्न पाउादा निकै खुसी लागेका बताइन् । उनले भनिन्, ‘य यस्तो ठाउामा पहिलो चोटी गएा । यस्तो ठाउामा सेवा गर्न पाउादा म धेरै खुसी छु । त्यस माथि पनि आशाको ज्योती नेपालले गरेको यो समाजिक काम सहरानिय छ । आगामी दिनमा यस्तै सामाजिक कार्यमा सम्झिएको खण्डमा म अवश्य आउनेछु ।’ स्वास्थ्य जााच सागै ओत लाग्ने त्रिपाल र खाद्यन्न समेत पाएपछि त्यहााका भूकम्प प्रभावित निकै खुसी देखिन्थे । शब्द तथा तस्बिर : उत्सब रसाईली

THIS NEWS YOUR COMMENT HERE

प्रतिक्रिया