२३ भाद्र, काठमाडौं । नेपालमै पहिलोपटक आइतबार एउटै मनोरजञ्न कार्यक्रम चारवटा टेलिभिजनमार्फत प्रसारण भएका छन् । षडज कला केन्द्र र नेपाल सांगीतिक संघले सामसुङ मोबाइलको प्रस्तुतिमा तिजको अवसर पारेर आयोजना गरेको ‘षडज तीज सेलेब्रेसन’ कार्यक्रम नेपाल टेलिभिजन, हिमालय टेलिभिजन, टीटीभी र अरनिको टेलिभिजनमार्फत प्रसारण भएका हुन् ।
![](https://4.bp.blogspot.com/-wiGhYhuvyVg/UiykuICXd7I/AAAAAAAAEtw/ySWzHvJRU_0/s640/tij+progam+2013.jpg)
राजधानीको बुद्धनगरस्थित अल्फाबिटा कम्प्लेक्समा आयोजित कार्यक्रममा गायिका कोमल वली, देविका बन्दना, कुन्ती मोक्तान, तारा थापा र बुनु राई मानन्धरले सांगीतिक प्रस्तुति देखाएका थिए । कार्यक्रममा फेसन डिजाइनर उत्तम बनेपालीले डिजाइन गरेका पहिरनमा कलाकारहरुले र्याम्प शो गरेका थिए । र्याम्पमा प्रथम मिस नेपला रुवी राणा, नायिका रेखा थापा, गायिका कोमल वली, हाास्य कलाकार दीपाश्री निरौला, अभिनेत्री कविता शर्मा, गायिका रेखा शाह, नायिका अशिष्मा नकर्मी, वरिष्ठ अभिनेत्रीत्रय भुवन चन्द, बसुन्धरा भुषाल र चैत्य देवी हिाडेका थिए ।
प्रतिक्रिया