Bisal Chautari Logo

पेरिसडाँडामा शशी र किरणविच जनवादि विवाह (फोटो फिचर सहित)

- २७ भाद्र २०७०, बिहीबार १५:४२ मा प्रकाशित


२७ भदौ, काठमाडौं । ‘लव ईज म्यारिज’ भनेझै एमाओवादीको केन्द्रिय प्रशिक्षण विभाग प्रमुख ६३ वर्षीय शशी शेरचन (स्वनाम साथी) र पार्टी कार्यकर्ता ३४ वर्षीया किरण गौतमवीच विहीबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा जनवादी विवाह सम्पन्न भएको छ ।
औपचारिक रुपमा वैवाहिक जीवनको शुरुवात गरेको प्रौढ जोडीलाई एमाओवादी अध्यक्ष प्रचण्ड, नेता डा.बाबुराम भट्टराई, अमिक शेरचन लगायतका नेताहरुले वैवाहिक जीवनको सफलताको शुभकामना दिएका थिए । तस्विरहरु : प्रदीपराज वन्त रासस 
‘लव ईज म्यारिज’ 
उनी आफूलाई सन्न्यासी कम्युनिस्ट भन्छन् । उनीसित निजी घर र सम्पत्ति केही पनि छैन तर उनी फक्कड बाबा भने होइनन् । बरु हुन् उनी एमाओवादीका एक वरिष्ठ नेता । पछिल्लो समय उनी विवाह नगरी एक युवतीसित लिभिङ टुगेदर गर्दै सँगै बस्ने गरेकाले चर्चामा आउने गर्थे ।
आफूभन्दा २९ वर्ष कान्छी उनै महिलासित विवाह गर्ने भएर बजारमा छाउन लागेका छन् । उनी हुन्, नेकपा एकता केन्द्र (मसाल) हुँदै अहिले एमाओवादीको स्कुलिङ विभाग प्रमुख स्वनाम साथी ।
पार्टी नेतृत्वले ६३ वर्षीय स्वनाम साथी र ३४ वर्षीय इन्जिनियर किरण गौतमलाई औपचारिक विवाहको अनुमति दिएको हो । यो अनुमतिसँगै पछिल्ला १० वर्षदेखि लिभिङ टुगेदर गर्दै आएको यो प्रेमजोडीले अब परम्परागत दाम्पत्य जीवन  बिताउने भएको छ ।
कम्युनिस्ट आन्दोलनमा ०२५ सालदेखि सक्रिय स्वनाम साथीको वास्तविक नाम शशि शेरचन हो । म्याग्दीमा जन्मिएका उनी सरल, त्यागी र त्यत्तिकै बौद्धिक मानिन्छन् । आºनो सबै निजी सम्पत्ति पार्टीलाई बुझाइसकेका उनले ०४८ सालमा भएको एकता केन्द्रको महाधिवेशनमा पार्टीको विधान लेख्ने जिम्मा पाएका थिए । उनी विवाह, सम्पत्ति र परिवारलाई संस्थागत गर्नुहुन्न भन्ने धारणा राख्छन् ।
तपाईंले बिहे गर्न लाग्नुभयो, लभ कसरी परेको हो भन्ने जिज्ञासामा स्वनाम खुलस्त भए, ‘म सन्न्यासी कम्युनिस्ट । मेरो न घर छ, न सम्पत्ति । त्यसमाथि म रोगी । अझ, मेरो उमेर पनि धेरै छ । अनि मैले कसरी प्रेम प्रस्ताव राख्नु ? मेरो त हिम्मत नै हुने कुरा भएन । यसमा सबै किरणजीको हात छ, उनले भने ।
स्वनाम र किरणले बिहेका लागि दिएको निवेदन मंगलबार बसेको पार्टीको केन्द्रीय कार्यालयको बैठकले स्वीकृत गरिसकेको छ । पार्टी अध्यक्ष प्रचण्डको निवास लाजिम्पाटमा बसेको बैठकले उनको निवेदन स्वीकृत गरेपछि पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव हितराज पाण्डेले स्वनामलाई पार्टीले प्रस्ताव स्वीकृत गरेको खबर गरेका थिए । ‘मेरो बारेमा सबै कमरेडलाई थाहा थियो, हामी १० वर्षदेखि सँगै बस्दै आएका थियाँै, हामीबीच प्रेम थियो, त्यसलाई अब छिट्टै विवाहमा परिणत गर्छौं,’ शेरचनले सौर्यसँग भने । उनले बिहेको औपचारिक कार्यक्रम गर्नेरनगर्ने विषय पार्टीको भएको बताए ।
मिर्गौला रोगबाट पीडित शेरचन गौतम सँगसँगै बसे पनि उनको बिहेचाहिँ भएको थिएन । उनको बिहेको पहल भने माओवादी नेता अमिक शेरचन, लीलामणि पोखरेल र दक्षिण कोरियाका लागि नेपाली राजदूत कमानसिंह लामापत्नी इन्द्रमाया लामाले गरेकी हुन् । स्वनाम जन्म, मृत्यु, प्रेम र विवाह भनेको नितान्त व्यक्तिगत मामिला भएको बताउँछन् । दुवै मिर्गौला काम नलाग्ने भई उपचार गरिरहेका उनलाई कठिन परिस्थितिमा पनि किरणले साथ दिँदै आएकी छन् । ‘मजस्तो हरिकंगालसँग किरणले बिहे गर्न तयार हुनु ठूलो कुरा हो तर प्रेममा सबै कुरा जायज हुँदो रहेछ । मेरो सम्बन्ध प्रेसर गरेर बनेको होइन, हामीबीच प्रेम भएको हो,’ स्वनामले भने । राजनीतिक परिवारमा जन्मेरहुर्केकी किरणको परिवारसँग स्वनामको पुरानो सम्बन्ध हो । किरणका बुबा वासुदेव गौतम एकता केन्द्र मसालमा पोलिटब्युरो सदस्य थिए भने आमा अखिल नेपाल शिक्षक संगठनको केन्द्रीय सदस्य छन् । उनका दाइ जीवन एकता केन्द्रमा विद्यार्थी नेता थिए भने हाल एमाओवादीको केन्द्रीय सदस्य छन् । किरण भने पेसाले इन्जिनियर हुन् । उनले जलवायु परिवर्तन र ऊर्जा क्षेत्रमा काम गरिरहेकी छन् ।  परिवारले नै किरणलाई स्वनाम राम्रो मान्छे भएको भन्दै उनको बारेमा प्रशंसा गरेपछि उनीप्रति किरणको सकारात्मक धारणा बनेको थियो ।
पार्टीले विवाहको प्रस्ताव स्वीकृत गरेपछि किरण र स्वनाम दुवै खुसी छन् । ‘हामी दुवै लामो समयदेखि सँगै बस्दै आएका थियाँै, हाम्रो बीचमा प्रेम पनि थियो, फेरि यो कुरा सबैलाई जानकारी पनि थियो । हामीलाई पार्टीले स्वीकृति दिएपछि अब मज्जाले सँगै बस्न पाएका छौँ । मलाई सँगै बस्नुपर्ने छ जसरी भए पनि,’ स्वनामले भने ।  स्वनाम र किरणको पहिलो भेट दोस्रो वार्ताकालमा भएको थियो । उनीहरले त्यतिबेला ‘शान्तिका लागि नागरिक ऐक्यबद्धता’ भन्ने अभियान चलाएका थिए । स्वनामका शब्दमा, ‘किरणजी एकदम सिम्पल र सहयोगी हुनुहुन्छ । उहाँले नै मलाई मन पराउनुभयो । मैले पनि मन पराएँ ।  खासमा यसमा मेरो भन्दा पनि किरणजीको हात छ ।’ उनी अगाडि भन्छन्, ‘अहिले पार्टीमा विभिन्न थरीका मानिस छन् । सबैलाई हाम्रो सम्बन्ध राम्रो लागेको नहुन पनि सक्छ तर अहिलेसम्म कसैले आलोचना गरेको सुनेको छैन । प्रेम हुनेबित्तिकै विवाह गर्नुपर्छ भन्ने छैन । प्रेममा उमेर, धर्म, जाति र धनी–गरिब भन्ने चिजले अर्थ राख्दैन । म कमरेड किरणसँग बस्न पाएकोमा खुसी छु । अब औपचारिक रपमा बिहे गरिदिनेरनगरिदिने जिम्मा पार्टीको हो । किरणजीले पनि पार्टीको निर्णयप्रति आभार व्यक्त गर्नुभएको छ ।’

जनवादि विवाह (फोटो फिचर सहित)



प्रतिक्रिया