Bisal Chautari Logo

नयाँ वर्ष नलाग्दै ‘नयाँ वर्ष’को विमोचन कस्ले गरे ?

- २४ चैत्र २०७१, मंगलवार १३:४९ मा प्रकाशित


girish khatiwada and Ratan Chand New Year Released 
विशाल चौतारी समाचार
काडमाडौ, २०७१ चैत २४, मंगलबार । २०७१ साल सकिन अझै केही दिन बाकि रहेको छ तर संगतिकार रतन चन्दलाई भने नयाँ वर्षले हिजो देखी नै छोएको छ । २०७२ साललाई स्वागत गर्दै संगितकार रतन चन्दले ‘नयाँ बर्ष आयो है’ बोलको गित सार्वजानिक गरेका छन् । रतनको शब्द तथा संगित रहेको उक्त गितको अडियो सिडिलाई अनामनगर स्थित विनय रेष्टुरेन्टमा चलचित्र निर्माता संघका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी राजकुमार राई र नेपाल टेलिभिजनका महाशाखा प्रमुख प्रकाश जंग कार्कीको साथमा गायकद्धय गिरिश खतिवडा, मिग्मा शेर्पा र संगीतकार स्वयमले विमोचन गरेका छन् ।

girish khatiwada and Ratan Chand New Year Released
सार्वजनिक गीतको संगितमा रतनलाई संगितकार सुरेश राईले सहयोग गरेका छन् । सो गीतमा मिग्मा शेर्पा, गिरिश खतिवडा, सिमा संग्रौला तथा श्याम सामसुडले स्वर दिएका छन् । बिशेषत पप बेशमा रेकर्ड गरिएको यो गितमा विवेक मल्लले लगानी गरेका छन् । नयाँ बर्षको स्वागत गर्दै लेखिएको गितले नेपालीलाई नयाँवर्षको उत्साह संगै जनचेतना जगाउने किसिमको छ । गितको भिडियो भने केही दिनमा बन्दैछ । एल्बम विमोचन समारोहमा यो गीत सुनाइएको थियो । अतिथीहरुले गीत ल्याएको गीतसंग संवद्ध सबैलाई बधाई दिएका थिए ।

girish khatiwada and mingma sherpa New Year Released

THIS NEWS YOUR COMMENT HERE

प्रतिक्रिया