Bisal Chautari Logo

‘सुपर किड्स २०१५’मा २० बालबालिकाहरु अन्तिम चरणका लागी छनौट

- १९ चैत्र २०७१, बिहीबार ०४:५८ मा प्रकाशित


suppor kids 2015
विशाल चौतारी समाचार
तस्बिर : विशाल राई
काडमाडौ, २०७१ चैत १९, बिहिबार । ‘सुपर किड्स २०१५’मा २० बालबालिकाहरु अन्तिम चरणका लागी छनौट भएका छन् । मर्निङ ग्लोरी इन्टरटेन्मेन्टले आयोजना गर्दै आएको यो प्रतियोगीता तेस्रो संस्करण हो ।

suppor kids 2015
विभिन्न स्कुलहरुबाट २० जना छनौट भएका बालबालिकाहरु अहिले ट्रेनिङ सेसनमा रहेका छन् । यस प्रतियोगीताको कोरीयोग्राफ गरिरहेकी चर्चित आरजे समेत रहेका कला सुब्बाले बालबालिकाहरुको ब्याक्तित्व विकाशसंगै प्रतिभामा निखार ल्याउने काम ट्रेनिङ सेसनमा भइरहेको जानकारी दिइन् । यस प्रतियोगीता गर्नको मुख्य उद्देश्य बताउदै आयोजक संस्थाकी अध्यक्ष मोहना क्षेत्री खनालले बालबालिकाहरुको कन्फिडेन्स डिभ्लभ गर्नका लागी रहेको प्रष्ट्याइन् । suppor kids 2015 (1)बालकालिकाहरुलाई यस प्रतियोगीताबाट सामाजिक दाहित्व, सरसफाइ तथा बालबालिकाहरुको चाहना बमोजिम परिवारलाई मनाउने काम समेत गरिने आयोजकका मोहनाले बताइन् । बालबालिकाहरु जस्तो : ‘पेन्टिङ गर्न चाहन्छन्, भने पेन्टिङ गर्न आफ्नो बच्चालाई प्रेरित गर्न परिवारलाई मनाउने ।’ प्रतियोगीतामा बालबालिकाहरुकै लागी प्यारेन्ट्सलाई पनि प्रशिक्षण समेत दिइनेछ । चैतको अन्तिममा ग्राण्डफिनाली मार्फत प्रतियोगीताहरुबाट ‘सुपर किड्स २०१५’ छनौट गरिनेछ ।

THIS NEWS YOUR COMMENT HERE

प्रतिक्रिया