Bisal Chautari Logo

गणेश रसिक एकल कन्र्सटमा गुञ्जिदा……

- १५ चैत्र २०७१, आईतवार १६:५७ मा प्रकाशित


ganesh rasik program
विशाल चौतारी समाचार
काठमाडौ, २०७१ चैत १५, आइतबार । नेपाली साङगीतिक क्षेत्रका चर्चित अनी वरिष्ठ गायक गणेश रसिकले हिजो ‘ओ शून्यता’ विषयक एकल गीति प्रस्तुति दिएका छन् । नेपाल सङगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको सहयोगमा शिल्पी थियटरले बत्तीसपुतलीमा आयोजना गरेको सो कार्यत्रलममा उनले आफ्ना एक दर्जनभन्दा बढी गीत प्रस्तुत गरे । उनलाई गायिका झुमा लिम्बूले गायनमा साथ दिइन् ।
उनले ‘झुप्रोमा बस्थिन् ती मेरी आमा’, ‘उकालीमा एक्लै हिँड्दा’, ‘ओ याङजी नाना’, ‘तिम्रो सुन्दर मनमा बस्छु म’, ‘कति दिन र बाँच्नु’लगायत बोलका गीत गाएका थिए । प्रतिष्ठानका सदस्यसचिवसमेत रहेका रसिकले चार दशकको साङगीतिक यात्रामा राल्फा, लेकालीजस्ता विभिन्न साङगीतिक समूहमा रहेर गायनलाई निरन्तरता दिँदै आएका थिए ।
गायक रसिकका ‘दश गजामा उभिएर’ निबन्ध सङग्रह बजारमा आइसकेको छ । राल्फा साङगीतिक यात्राका सहयात्री तथा गायक रामेशले रेडियो नेपालमा स्वर परीक्षण गर्दादेखिको आफूहरुको चिनजान साङगीतिक यात्राका क्रम अझ प्रगाढ भएको बताउँदै गायन क्षेत्रमा रसिकको निरन्तरताको शुभकामना दिए ।

 

प्रतिक्रिया