Bisal Chautari Logo

करिश्माले महानायकलाई मनमनै भने–तिमि त मेरो प्राण हौ सिउदोको सिन्दुर होऊ…

- ६ आश्विन २०७०, आईतवार ०८:१२ मा प्रकाशित


६ असोज, काठमाडौ । केह दिन अगाडि महा अभिनेता राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धरलाई गफिदै गरेको देखियो । करिश्माले अलिअलि मुखको ईशारामा गित गाउदै तिमि त मेरो प्राण हौ सिउदोको सिन्दुर होऊ…भन्दै थिए ।तर गीतले त्यसो भनेपनि रियल लाईफमा यस्तो कहिलै हुन सकेन न त हुन्छ नै अगामी दिनमा । धेरै फिल्ममा एक अर्काको प्राण बनिसकेका  महानायक राजेश हमाल र करिश्मा मानन्धरलाई पब्लिकले रियल लाईफको जोडीको रुपमा देख्न खोजेपनि त्यो चाहा यो जुनीमा पुरा हुनेछैन  । किन कि करिश्मा अलरेडी म्यारिड वुमन हुन भने हमाल भर्खरै ब्याचलर भएर मधु भटराईसंगको डिप लभमा छन् ।राजेन्द शलभको फिल्म भाउजुमा एक अर्काको जोडी भएर पहिलो पल्ट ठूलो पर्दामा देखिएका हमाल र मानन्धर म्यूजिक भिडियोमा पनि जोडीको रुपमा देखिन थालेका छन् । यी दुईले शनिबार मात्रै प्रशन्न पौडेलको निर्देशन रहेको  एक म्यूजिक भिडियोमा श्रीमान श्रीमती भएर अभिनय गरे । गीतकार उषा श्रेष्ठको रचनालाई  माण्डवी त्रिपाठीले स्वर दिएको  गीतमा दीपक शर्माले म्यूजिक भरेका  छन् । मेरो चाहाना धेरै पहिले देखिको थियो उहाहरुलाई लिएर काम गर्ने त्यसकारण गीत अनुसारको यो मौका  मिल्यो अनि सुट  पनि सोचे जस्तै भयो  गोदावारी स्थित सुटिङ  स्पटमा एक्सन कट भनिरहेका निर्देशक पौडेलले भने ।सयौ म्युजिक भिडियोलाई खिचेका अनुभवी   सिनेमाटोग्राफर विदुर पाण्डे चाहि करिश्माको ब्यूटि र महानायकको उपस्थिती हुदा मात्रै पनि क्यामेराको फ्रेम रिच देखिने तर्क गर्छन । एउटा सम्पूर्ण फिनिसिङ भएको डिरेक्टर लाग्यो मलाई । प्रशन्नसंगको पहिलो अनुभव करिश्मा सेयर गर्छिन । उता महानायक चाहि प्रशन्नको काम गराईलाई टिभिमा हेर्दा टेक्निकल्ली  जति राम्रो लाग्थयो सेटमा अझ फराकिलो लागेको भन्छन् । एक हप्तामै बजारमा आउने यस म्युजिक भिडियो महानायक र करिश्माको दाश्रो हुनेछ । यस अघि उनीहरुले आलोक नेम्बाङको म्युजिक भिडियो खेलेका थिए । 


प्रतिक्रिया