Bisal Chautari Logo

मिस वल्डमा पहिलो चोटि इशानिले ‘ब्युटि विथ पर्पोज’ टाईटल जित्दै टप १५बाट फाईनलमा

- ११ आश्विन २०७०, शुक्रबार १०:२८ मा प्रकाशित


EXCLUSIVE  breking  NEWS  
मिस नेपाल इशानी श्रेष्ठ मिस वल्र्ड–२०१३को ब्युटि विथ पर्पोज बिधाको टाईटल जित्दै फाइनलमा पुगेकी छिन् । फाईनल प्रतिस्पर्धाका लागि ईशानि सहित १५ जना प्रतियोगिहरु छनौटमा परेका छन् । र पहिलो चोटि नेपाल मिस विल्डको फाईनल राउण्डमा पुगेको हो ।

इन्डोनेसियामा भइरहेको मिस वल्र्डको फाईनल भोलि २८ तारीखमा हुनेछ । केही वर्षदेखि लगातार मिस वल्र्डमा नेपाली युवतीले प्रतिनीधित्व गरिरहे पनि पहिलोपल्ट नेपाली सुन्दरीले अन्तिम स्पर्धाका लागि छानिएकी हुन् । ईशानिलाई बधाई विशाल चौतारीको तर्फबाट छ ।

प्रतिक्रिया