Bisal Chautari Logo

राजेश पायल, संयोग र रजिनाको स्वरमा ‘नाई नभन्नु ल–३’ को शीर्ष गीत सार्वजनिक (भिडियो सहित)

- ३० पुष २०७१, बुधबार १५:३७ मा प्रकाशित


nepali movie Nai Nabhannu La 3 Title Song release Rajesh Payal Rai, Samyog Yogi and Rajina Rimal
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, पौष ३०, बुधबार । नेपालमा तेस्रो सिरिज बनाउने पहिलो सिनेमा ‘नाई नभन्नु ल’ को तेस्रो सिरिज ‘नाई नभन्नु ल–३’को शीर्ष गीत सार्वजनिक गरिएको छ । पाश्र्व गायनका चर्चित गायक राजेश पायल राई, गायिका रजिना रिमाल र गायक शिशिर योगीका छोरा संयोग योगीले सार्वजनिक गीतमा स्वर दिएका छन् । चलचित्र ‘नाई नभन्नु ल’ सिरिजका सिनेमाहरुमा संगीत महत्वपुर्ण हुने गरेको छ ।Nai Nabhannu La 3  Title Song  Samyog Yogi  Rajesh Payal Rai  Rajina Rimal (6)
ब्लकबस्टर पाश्र्व गायनका संगीतकार वसन्त सापकोटाको शब्द तथा संगीत रहेको छ । यसभन्दा पहिला नाइ नभन्नु ल र २ हिट भएका गीतहरु जस्तै नाई नभन्नु ल–३को सार्वजनिक गीतपनि दर्शकहरुले मनपराउने संगीतकार बसन्त सापकोटाले बताए । Nai Nabhannu La 3  Title Song  Samyog Yogi  Rajesh Payal Rai  Rajina Rimal (4)
मुस्कान ढकाल निर्देशित यस सिनेमालाई विकास आचार्यले लेखेका हुन् । यस अघिका दुई सिरिजलाई विकासले नै निर्देशन गरेका थिए । २०७० सालमा रिलिज भएको ‘नाई नभन्नू ल– २’ सो वर्ष सर्वाधिक व्यापार गर्ने सिनेमा बनेको थियो । चलचित्र ‘नाई नभन्नू ल–३’मा सुरज सिंह ठकुरी, संचिता लुईटेल, प्रियंका कार्की,आर्यन सिग्देल, अनुभव रेग्मी आदिको मुख्य भुमिका रहेको छ । चलचित्र चैत २७ गतेदेखि रिलिज हुदैछ ।

[gss ids=”7981,7980,7986,7984,7985,7983,7982″]

प्रतिक्रिया