Bisal Chautari Logo

पाश्र्व गायनमा बादलको जम्ने चाहना

- ३० पुष २०७१, बुधबार १४:१२ मा प्रकाशित


singer badal limbu
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, पौष ३०, बुधबार । ‘नेपाली आइडियल २०६९’ को उपाधी जितेपछि गायक बादल लिम्बुलाई कहिल्यै पछाडी फर्केर हेर्नुपरेको छैन् । कक्षा ५ मा अध्ययन गर्दादेखि नै संगितमा झुकाव राख्ने बादलले त्यो उपाधी चुम्नका लागि मात्र धेरै कसरत गरेका थिए । नेपाली आइडियल’ बन्नका लागि झापाको शनिश्चरमा घर भएका बादलले निकै पटक राजधानी धाउनु पर्थ्यो । आफ्नो स्वरलाई माया गर्नुहुने शुभचिन्तकहरुलाई भोट माग्नका लागि पनि त्यत्तिकै दौडधुप गरे उनले । अन्तत : उनले उपाधी चुमेरै छाडे । ‘मेरो जिवनकै सबैभन्दा खुशीको क्षण थियो त्यो दिन’, आफु विजय हुादाको दिन स्मरण गर्छन् उनी । singer badal limbu
बादलका लागि त्यो दिन खुशी नहोस् पनि किन । किनभने उनी उपाधी चुमेसंगै अढाई लाख नगद पुरस्कार र अन्य केही गायनका अवसरहरुको भागिदार बन्दैथिए । तर त्यसो भएन् । अहिलेसम्म बादलले ‘नेपाली आइडियल’ भए वापतको पुरस्कार पाएका छैनन् । ‘संचालक फरार भएपछि पुरस्कार रकम अहिलेसम्म पाएको छैन्’, बादल भन्छन्– ‘तर पनि म दुखी छैन्, किनभने ‘नेपाली आइडियल’ बन्नु नै मेरो लागि सबैभन्दा ठुलो उपलब्धी हो भनेर चित्त बुझाउछु ।’
कक्षा ५ मा पढ्दाखेरीको कुरा हो । बादलले आफ्नो विद्यालय कन्काई बोर्डिङ स्कुल (विर्तामोड) को स्टेज कार्यक्रममा गाउने मौका पाएका थिए । त्यही मौकाले उनलाई आज गायक बनाएको उनी बताउाछन् । ‘पहिलोपटकको प्रस्तुति देखेपछि सबैले राम्रो गरेको भन्दै सहानुभुति दिनुभयो, परिवारले पनि समर्थन गर्दै जानुभयो र आज याहासम्म आइपुगेको छु’, उनले भने । बादल सहानुभुतिको भरमा मात्र गायक बनेका भने होइनन् । उनले कक्षा ९ मा अध्ययन गर्दागर्दै विर्तामोडको सनलाईट संगित विद्यालयमा पनि संगीत कक्षा लिन्थे । उनले त्याहा दुईवर्ष कक्षा लिएको बताए । २०६७ सालमा एसएसली पास गरेपछि गायक बन्छु भनेर राजधानी छिरेका बादलले ‘मधुरीमा नेपाल’ मा पनि केही महिना कक्षा लिएको बताए ।
बादल भन्छन्– ‘अहिले जमाना प्रतियोगिताको छ । तर जसले राम्रो गर्छ त्यो अवश्य अगाडी बढ्छ ।’ मिहनेत र कर्ममा विश्वास राख्ने बादलले एक सय बढी स्टेज प्रस्तुती दिइसकेको बताए । तपाईको लक्ष्य के त ? भन्ने प्रश्नमा बादल भन्छन्– ‘म पाश्र्व गायनमा जम्न खोज्दै छु, एकदिन यो क्षेत्रको स्टार बन्ने सपना छ ।’ पाश्र्व गायनमा स्टार बन्ने सपना बोकेका बादलले हालसम्म चारवटा फिल्ममा आफ्नो स्वर दिइसकेका छन् । प्रदशर्न भइसकेको फिल्म ‘पुन्टे परेड’ को ‘डुब्दै गए म’ र ‘अलविदा’ को ‘मैले जसको’ बोलको गीत उनले गाएका हुन् । दुवै फिल्मले सफल व्यापार नगरेपनि यि दुवै गीत सेन्टीमेन्टल र रुचाइएका छन् । त्यस्तै गोपिकृष्ण ब्यानरको ‘होमवर्क’ र उदय सुब्बाको ‘अग्नी’ मा पनि उनले स्वर दिएको बताए । तर दुवै फिल्म अहिले छायांकनका क्रममा छन् । बादललाई पाश्र्व गायनको क्षेत्रमा ल्याउन संगितकार ताराप्रकाश लिम्बुले धेरै नै सहयोग गरिरहेको उनले बताए । ‘अहिलेसम्म जति फिल्महरुमा गाउने मौका पाए , त्यो वाहाकै कारणले हो’, उनले सम्झिए ।
अर्काको एल्बममा स्वर दिएपनि हालसम्म आफ्नो एल्बम नल्याएका बादलले अब ‘पहिलो धोका’ एल्बम ल्याउने तयारी गरिरहेको बताए । यो एल्बमको ‘तिमीलाई फुल सम्झेर’, ‘भो माया लाउादिन’ र ‘जिन्दगी’ बोलको गीत भने सार्वजनिक भइसकेको छ । ‘अब ‘यो कस्तो यात्रा’, ‘पहिलो धोका’ र ‘आाखामा गाजल लाउनेले’ बोलको गीतसहित एल्बम सार्वजनिक गर्ने क्रममा छुा’ , उनले सुनाए ।
अन्त्यमा, बादललाई सोधिएको एक पश्न थियो । तपाईको विचारमा संगीत के हो ? उनले भने– ‘संगीत मेरो लागि पेशा मात्र होइन, नशा पनि हो । त्यसैले संगीतबाट अब म टाढा रहनसक्दिन, अब यो नै मेरो सबथोक हो । ’

प्रतिक्रिया