Bisal Chautari Logo

सितोष्णा मिस चितवन २०७० बनिन्, २०१४ मा हुने मिस नेपालका लागि छनौट

- १३ कार्तिक २०७०, बुधबार १२:४१ मा प्रकाशित


१३ कात्तिक, चितवन । मिस चितवन २०७० को ताज २० वर्षिया सितोष्णा वनले हात पारेकि छिन् । सोमबार भएको शालिमार मिस चितवनको अन्तिम प्रतिस्पर्धामा २७ जनालाई पछि पार्दै उनले मिस चितवनको ताज पहिरिएकि हुन् । मिस चितवन २०७० की विजेता भएसंगै २० वषिर्या सितोष्नावन आगामी मिस नेपालको प्रतिस्पर्धाका लागि छनौटपनि भएकी छिन् । उपाधी जितेसँगै यनी सोझै सन् २०१४ मा हुने मिस नेपाल प्रतियोगिताका लागि वाइल्ड कार्ड इन्ट्रीबाट छनौट भएकी हुन् ।
निर्णायक पूर्व मिस नेपाल सदिक्षा श्रेष्ठले सोधेको प्रश्न ‘वर्तमान परिस्थितीमा महिलाहरुको चेनौती के हो ? त्यसको सामना गर्न कसरी सकिन्छ ?’को जवाफमा ‘महिलालाई शैक्षिक,राजनीतिक, सामाजिक र आथिर्क क्षेत्रमा अगाडि बढाए चुनौतीहरुको सामना गर्न सकिन्छ’ भन्ने जवाफ दिँदै उनले उपाधी जितेकी हुन् । उनको सटिक र तर्कपूर्ण जवाफ दिने शैलीलाई दर्शकले पनि मन पराएका थिए । ग्लामर क्षेत्रसँग जोडिएको मिस नेपालमा सहभागी भए पनि मोडलिङ वा फिल्म क्षेत्रसँग आवद्ध हुने नहुने भन्ने कुरा उनले भविष्यको हातमा सुम्पेकी छिन् । भन्छिन्,‘म मोडल बनुला नबनुला तर महिलाका लागि त्यो क्षेत्र नराम्रो भने हैन त्यहाँ उनीहरुले आफ्नो आत्मविश्वास र पहिचानको बाटो पाउँछन् ।’ बिबिए छैटौं सेमेष्टरमा अध्ययनरत उनी भविष्यमा समाज सेवा गर्ने चाहना राख्छिन् । मिस चितवनको प्रतिस्पर्धामा उत्कृष्ट पाँच जनामा परेका सितोष्ना, रिदम अधिकारी, पुजा श्रेष्ठ, रक्षा थापा र निशा थापा थिए । ब्राइट नेपाल डट कमले आयोजना गरेको शालिमार मिस चितवन २०७० प्रतियोगिताको फष्ट रनर अपमा पुजा श्रेष्ठ र सेकेण्ड रनरअप रक्षा थापा चुनिइन् । मिस चितवन सितोष्नाले सहप्रायोजकको तर्फबाट स्कुटर प्राप्त गरेकी छिन् । फस्ट रनरअप पुजाले २५ हजार नगद र सेकेण्ड रनरअप रक्षाले १० हजार नगद सहित विभिन्न उपहार हात पारिन् । प्रतियोगितामा छनौट भएका २७ जनालाई तीन चरणमा १० – १० जनाहुँदै अन्तिम पाँचको छनौट गरिएको थियो । प्रतियोगितामा बेष्ट पर्सनालिटी अवार्ड पुजा श्रेष्ठ, बेष्ट फिगर रक्षा थापा, बेष्ट ड्रेस निशा थापा, फ्रेण्डसिप प्रियंका कार्की, बेष्ट स्कीनमा मेलिना अधिकारी, पपुलर च्वाईस र ट्यालेन्टमा भिक्टोरिया कार्की, स्माइलमा सविना कार्की, क्याटवाक आरती राई, स्टाइलिस सितोष्ना वन, मल्टी मिडिया अनिसा श्रेष्ठ, डिसिप्लेन मनिषा रुेष्ठ, ब्युटीफुल हेयर स्टाइल एरिना घले र मिस फोटोजेनिकको उपाधि पुजा श्रेष्ठले हात पारे । चितवनमा भएको मिस नेपाल प्रतियोगिताका लागि साढे १४ लाख खर्च लागेको संयोजक सुनिल श्रेष्ठले बताए। उनका अनुसार २०५९ पछि दोस्रो पटक मिस चितवनको आयोजना गरिएको हो । आगमी वर्ष पनि मिस चितवनले निरन्तरता पाउने उनले जानकारी दिए ।

प्रतिक्रिया