Bisal Chautari Logo

संचारमन्त्रीको कमेडी शैलीले नेफ्टा ‘इन्डक्ल्याप’मा माहोल मनोरञ्जनात्मक (फोटो फिचर)

- ७ पुष २०७१, सोमबार १७:४४ मा प्रकाशित


nefta award 2014 End Clapnefta award 2014 End Clap (2)
विशाल चौतारी समाचार
तस्बिर : बिशाल राई
काठमाडौ, २०७१, पौष ७, सोमबार । सुचना तथा सञ्चार मन्त्रि मिनेन्द्र रिजाल मनोरञ्जनात्मक कार्यक्रमहरुमा धेरै प्रमुख अतिथीको रुपमा पुग्ने गरेका छन् । सायद मनोरञ्जनात्मक कार्यक्रममा उपस्थित भइरहने भएकाले होला ‘सातौ नेफ्टा फिल्म अवार्ड’का विजेताहरुलाई प्रमाणपत्र वितरण समारोहमा मन्त्रि रिजाल ठट्टरयौलि शैलिमा प्रस्तुत भए ।nefta award 2014 End Clap (6)
सूचना तथा संचारमन्त्री मिनेन्द्र रिजालको उपस्थितीमा विजेताहरुलाई प्रमाणपत्र र मायाको चिनो वितरण गरिएको कार्यक्रममा संचारमन्त्री मिनेन्द्र रिजालले कार्यक्रममा बक्ता बोल्ने क्रममा बिचमा ठट्टा गरेर कार्यक्रम अवधीभर माहोल मनोरञ्जनात्मक बनाएका थिए । साना–साना कुरामा समेत संचारमन्त्रीले कमेडी शैलीमा जवाफ दिदा नेफ्टाको कार्यक्ररम रमाइलो बन्यो । तर मन्त्रि रिजालको यस्तो कमेडी शैलि भने कतिपय कलाकारहरुलाई मन नपराएको पाइयो । केही कलाकारहरु कानेखुशि गर्दै भन्दै थिए‘मन्त्रि भएर कति कमेडी गरेको होला । धेरै नै कमेडी भयो मन्त्रि ज्यु को ।’
कार्यक्रमका प्रमुख अतिथी समेत रहेका संचारमन्त्री मिनेन्द्र रिजालले चलचित्र नीति चाडै आउने भन्दै चलचित्रकर्मीलाई सुझाव केही भएको खण्डमा मन्त्रालयमा सम्पर्क गर्न आग्रह गरे । त्यस्तै चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसीले कुरा काट्नेहरुले काट्दै गरेपनि नेफ्टा आफ्नै पथमा लम्केको बताए ।nefta award 2014 End Clap (10) हङकङमा अवार्ड गर्नका लागि नेपालको जिम्मा लिएका निर्माता सुनिल कुमार थापाले नेपाली चलचित्रको बजार विदेशमा लैजानु नै ठूलो कुरा भएको बताए । उनले यो चुनौतीलाई आफुरुले पुरा गरेको दाबी गरे । हङकङमा कात्तिक ३ गते आयोजना भएको अवार्डका विजेताहरु तथा सहयोगीरुलाई प्रमाणपत्र र मायाको चिनो वितरण गरिएको हो ।
कार्यक्रममा नेपाल चलचित्र प्राविधिक संघले विज्ञापन संघका नव–निर्वाचित पदाधिकारीलाई स्वागत गरेको थियो । नेफ्टाको प्रमाणपत्र वितरण कार्यक्रममा चलचित्रकर्मी तथा पत्रकारहरुको उपस्थिती थियो ।

[gss ids=”7369,7375,7376,7374,7373,7372,7371,7368″]

 

प्रतिक्रिया