Bisal Chautari Logo

दयाहाङको प्रेमको मुनालाई काट्ने को ? (भिडियो)

- ३ पुष २०७१, बिहीबार २०:०८ मा प्रकाशित


Dayahang Rai Movie Ichchha
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, पौष ३, बिहिबार । निर्माताबाट निर्देशक बनेका मुनाल घिमिरे यतिबेला केही उत्साहित छन् । उनले निर्देशन गरेको चलचित्र ‘इच्छा’ माघ २ गतेबाट प्रदर्शनमा आउदैछ । फरक पुस्ताको फरक सोचाइलाई मुख्य बिषय बनाइएको यो चलचित्रमा मानिसको इच्छा देखाइएको घिमिरेको तर्क छ ।Dayahang Rai Movie Ichchha
चलचित्रमा दयाहाङ राई, सुवास थापा, दिपशिखा शाही, ओम प्रतिक, देशभक्त खनाल लगायतका कलाकारले अभिनय गरेका छन् । विवाहा करकापमा होइन स्वेच्छामा गर्नुपर्छ भन्ने बिषय यो चलचित्रको मुख्य पाटो हो । गंभिर बिष्टको नृत्य, रोशन श्रेष्ठको एक्सन, प्रकाश घिमिरेको लेखन रहेको चलचित्रमा रोम ओली, नविन श्रेष्ठ, प्रकाश घिमिरे र लक्ष्मण पौडेलको लगानी छ । चलचित्रको दोश्रो ट्रेलर हालै मात्र सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया