Bisal Chautari Logo

नेपाली तारा ३ का उत्कृष्ट १० ले बसन्तपुरमा ‘फ्रि इन्ट्रि’मा लाईभ प्रस्तुति दिने

- ३ पुष २०७१, बिहीबार १३:१० मा प्रकाशित


Nepali Tara 3-Top 10 finalists will perform LIVE
विशाल चौतारी समाचार
फोक्स्टन, २०७१, पौष ३, बिहिबार । नेपालमै सबैभन्दा ठूलो सांगीतिक रियालिटि शो कोका–कोला नेपाली तारा ३ का उत्कृष्ट १० प्रतिस्पधिर्हरुले शुक्रबार बसन्तपुर दरवार स्क्वायर डवलीमा हुने कन्सर्टमा प्रत्यक्ष प्रस्तुति दिनेछन् । सङगीत प्रेमीहरुलाई प्रवेश नि:शूल्क गरिएको यो कन्सर्ट दिउसो ३:०० बजे पछि शुरु हुने आयोजकले बताएको छ ।Nepali Tara 3-Top 10 finalists will perform LIVE
साङगीतिक प्रतिभाका धनी कोका–कोला नेपाली तारा ३ का उत्कृष्ट १० प्रतिस्पधिर्हरु विनोद राई, विशाल आत्रेय, दिवेश राई ,जलजला परियार, प्रताप दाश, प्रताप लामा, सुदेस सुवेदी, सुरेस लामा, सुष्मा विश्वकर्मा र श्वेच्छा ठकुरीले लाइभ कन्सर्ट हेर्न हजारौंको संख्यामा उपस्थित दर्शकहरुलाई आफ्नो प्रत्यक्ष प्रस्तुतिबाट मनोरञ्जन प्रदान गर्नेछन् । उत्कृष्ट १० प्रतिस्पर्धीहरुले देश भक्ति र विभिन्न लोकप्रिय नेपाली गीतहरु जस्तै मेरो नेपाल……,यो मन त मेरो नेपाली हो…, आदि गीतहरुबाट सांगीतिक माहौल तताउनेछन् ।
कोका–कोला नेपाली तारा ३ को विजेताले एउटा मोटरसाइकल लगाएत रु. २५०,००० नगद पुरस्कार र कोका–कोला नेपाली ताराको रुपमा ३ वटा गाना गाउने अवसर पाउनेछन् । जसको ३ वटा म्युजिक भिडियो बनाइने छ । अन्तिम १० प्रतियोगिहरु प्रत्येकले रु.११००० नगद पुरस्कारका साथ विशेष टप १० एल्वममा एउटा गाना गाउने अवसर पाउनेछन् । त्यस्तै कोका–कोला नेपाली ताराको विजेताले डिजिटल कि प्रोडक्सनले प्रायोजनमा अस्ट्रेलिया ट्रिपमा जाने अवसर पाउनेछन् । जबकि २ सर्वोत्कृष्ट विजेताहरुले थर्ड आइ युकेको प्रायोजनमा लन्डन ट्रिपमा जाने अवसर पाउनेछन् । अन्तिम ३ मा पर्न सफल हुने प्रतियोगीहरुले जियोनि मोवाइलबाट विश्वको सबैभन्दा पातलो मोवाइल फोन प्राप्त गर्नेछन् ।

प्रतिक्रिया