Bisal Chautari Logo

सोनीकाको आइटमबाट चर्चा बुटुल्ने दाउ

- १५ मंसिर २०७०, शनिबार १५:३९ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, १५ मंसिर । बलिउडमा मात्रै होइन, पछिल्लो समयमा नेपाली चलचित्र क्षेत्रमा पनि आइटम नम्बरको लहर राम्रै चलेको छ । आफ्नो चलचित्रमा आइटम गीत राख्ने क्रम नेपाली चलचित्रकर्मीमा बढ्दो छ । यस्तै अहिले आएर गायक/गायिकामा पनि आइटम नम्बरप्रति आकषण बढिरहेको पाइन्छ । पछिल्लो समय गायिका सोनिक लामा पनि आइटम गीतप्रति लोभिएकी छन् ।
सोनिकाले एल्बमको नामै ‘सोनिकाको आइटम’ राखेकी छन् । उनका अनुसार एल्बमका सबै गीत आइटम नम्बरका हुने छन् । आइटम नम्बर केलाई भनिन्छ, थाहा छैन । यहा फास्ट बीट र उत्तेजक शब्द राखेर बनाइएको गीतलाई आइटम भन्ने गरिएको छ । सोनिकाको आइटममा पनि यस्तै गीत छन् । सोनिकाको आइटममा ‘जवानीको लाली चढ्यो, पिरतीको खिल गढ्यो काउकुति लाग्न थाल्यो मलाई’ बोलको एउटा गीत छ । त्यस्तै दोस्रो नम्बरमा उनले गाएकी छन्, ‘मलाई फिल्मको जस्तो प्यार चाहियो, कैद हुन्छ म दिलको कारागार चाहियो’ ।
कामुक स्वर र उत्तेजक शब्दसंयोजनद्वारा तयार पारिएको ‘सोनिकाको आइटम’ एल्बमका यी दुईटै गीतको म्युजिक भिडियोसमेत निर्माण गरिएको छ । यसअघि आधुनिक तथा पप गीत गाउादै आएकी सोनिका भन्छिन्, ‘चर्चाका लागि आइटम नम्बर गाएकी हु ।’ म्युजिक भिडियो सार्वजनिक गरेपछि छोटो समयमै चर्चा बटुल्न सक्ने उनको दावी छ । ‘आइटम नम्बर भए पनि शब्द राम्रो छ’ गायिका सोनिकाले भनिन्, ‘त्यस्तै म्युजिक भिडियो पनि राम्रो बनेको छ । केही दिनमै विभिन्न टेलिभिजनबाट सार्वजनिक गर्नेछु ।’
सोनिकाको यो तेस्रो एल्बम हो । यसअघि आफ्नै शब्द/संगीतमा उनले ‘बेसहारा’ र कस्तो यो जीवन’ नामक एल्बम ल्याएकी थिइन् । तर ती एल्बमले खाशै चर्चा पाउन सकेन । आधुनिक तथा पप गीतको भीडमा सोनिकाको गीत हराउन पुग्यो । यो कुरा सोनिका पनि स्वीकार्छिन् । उनी भन्छिन्, ‘आधुनिक गीतमा प्रतिस्पर्धा चर्को छ । तर अहिलेसम्म नेपाली सांगीतिक क्षेत्रमा आइटमको लहर कमै मात्र छ । त्यसैले पनि एल्बममा आइटम नम्बर समेट्ने प्रयास गरेकी हु । म आफ्नो प्रयासमा सफल हुनेछु भन्ने विश्वास पनि छ ।’
हुन त चलचित्रका लागि आइटम नम्बर नयाा रहेन तर एल्बमका सबै गीत नै आइटम समेट्ने भने सम्भवत: सोनिका पहिलो गायिका बनेकी छन् । सोनिकाको आइटममा केदार नेपालीको शब्द तथा संगीत सुन्न सकिन्छ ।

प्रतिक्रिया