Bisal Chautari Logo

खोटाङमा जिल्लाव्यापी गायन प्रतियोगीता ‘भ्वइस अफ खोटाङ’ हुने

- १७ मंसिर २०७१, बुधबार ०६:०१ मा प्रकाशित


voice of khotang singing competition
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, मंसिर १७ बुधबार । ‘समतामुलक समाज निर्माणका लागि सांगीतिक अभियान’ भन्ने नाराका साथ खोटाङमा जिल्लाव्यापी गायन प्रतियोगीता ‘भ्वइस अफ खोटाङ’ हुने भएको छ । voice of khotang singing competition
नेपाली साङगीतिक क्षेत्रमा खोटाङको धेरै प्रतिशत गायक, गायिका रहेको अवस्थामा अझ गाउ–गाउमा लुकेर रहेका गायनका प्रतिभाहरुको पहिचान, सम्बर्धन र बिकास गर्ने उद्देश्यकासाथ ‘भ्वइस अफ खोटाङ’को आयोजना गरिएको आयोजक नेपाल राष्ट्रिय दलित समाज कल्याण संघले जनाएको छ ।
तीन चरणको अडिसनबाट छनौट गरिने प्रथम, दोस्रो र तेश्रो बिजेतालाई नगद पुरस्काकासाथमा संगीत विद्यालयमा अध्यायन गर्ने र चलचित्रमा गीत गाउने अवश समेत दिइने आयोजक मध्येका एक गायक सचिन राईले जानकारी दिए । भने–‘पहिलो चरणको अडिसन मंसिर–२४ गते बाक्सलाबाट सुरु गरेर पुस–१७ गते सदरमुकाम दिक्तेलमा समापन गरिने संघका सचिव दिपक ठटालले जानकारी दिए । बाक्सिलाबाट सुरु गरिने पहिलो चरणको अडिसन ऐसेलुखर्क, लामीडाडा, हलेसी, बुईपा, मानेभञ्ज्याङ, सछितापोखरी, खोटाङबजार लगायतका नौ स्थानमा सञ्चालन गरिने छन् । खोटाङमा गरिएको प्रतियोगीता मध्ये सबैभन्दा धेरै स्थानमा अडिसनपनि यही प्रतियोगीताबाट हुदैछ । सदरमुकाम बाहिर सञ्चालन गरिने पहिलो चरणको अडिसन सकिएपछि दोस्रो र तेस्रो अडिसन सदरमुकाम दिक्तेलमा गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया