Bisal Chautari Logo

राजेशले १७ औ एल्वमपछि युटुवबाट पहिलो पटक पैसा लिदै

- २३ मंसिर २०७०, आईतवार १६:२६ मा प्रकाशित


‘गायक क्षेत्रमा लागेपछि गायक राजेशपायलले १७ औं एल्बम ‘दर्शन नमस्ते २’पछि मात्र सामाजिक सञ्जालबाट रकम लिन लागेका हुन् । सामाजिक सञ्जालको बारेमा विस्तारै थाहा पाउदै गएपछि पछिल्लो एल्वम ‘दर्शन नमस्ते २’लाई रकम लिने सर्त र एग्रिमेन्ट गरेरै भिडियो दिएको गायक राजेशपायलले बताए ।’

विशाल राई
पछिल्लो समयमा सामाजिक सञ्जालको माध्ययमले सबै वर्गका मानिसहरुको लागि फाईदा पुर्‍याएको छ । दास्रो संविधान सभाको चुनावमापनि सामाजिक सञ्जालको राम्रै किसिमले उपयोग गरियो । सामाजिक सञ्जालका माध्ययमहरु फेसबुक, युटुव, ट्वीटर लगायतका माध्ययमबाट धेरैले प्रचार–प्रसार गरेको पाईयो ।
त्यस्तै पछिल्लो समयमा नेपाली कलाकारहरुपनि सामाजिक सञ्जालसंग जाडिएका छन् । यस्तै क्रममा गायक राजेशपायल राईपनि सामाजिक सञ्जालमा राम्रैसंग जोडिएका छन् । आफ्ना फ्यानहरुसंग सजिलै पुग्न सकिनेपनि सामाजिक सञ्जालले सम्वन्धको रुपमा काम गरेको छ । गायक क्षेत्रमा लागेपछि गायक राजेशपायलले १७ औं एल्बम ‘दर्शन नमस्ते २’पछि मात्र सामाजिक सञ्जालबाट रकम लिन लागेका हुन् । उनले आफ्नो पछिल्लो एल्वम ‘दर्शन नमस्ते २’लाई सामाजिक सञ्जालमा राम्रो कसिमले पेलिरहेका छन् । एल्वमको गित भन्दापनि भिडियोसंगै गित सुन्न चाहने दर्शकहरुको संख्या बढेको गायक राजेशको बुझाई रहेको छ । त्यसैले गायक राजेशले आफ्नो पछिल्लो एल्वम ‘दर्शन नमस्ते २’को छैन तिमि बाहेक बोलको गितलाई युटुवमा राखेर प्रसार–प्रचार गरिरहेका छन् ।

पछिल्लो एल्वम ‘दर्शन नमस्ते २’ भन्दा पहिला सामाजिक सञ्जालको बारेमा ज्ञान नभएर आफुले युटुवको भिजिटरहरुबाट पाएको रकम नपाएको गायक राजेशले बताए । आफ्नो गितहरुलाई युटुवमा ५ लाख देखी सात लाखको हाराहारीमा भिजिटर हुने गरेपनि आफुले रकम नपाएको बताए । तर सामाजिक सञ्जालको बारेमा विस्तारै थाहा पाउदै गएपछि पछिल्लो एल्वम ‘दर्शन नमस्ते २’लाई रकम पाउने सर्तमा भिडियो दिएको गायक राजेशपायलले बताए । पैसाका लागि एग्रिमेन्ट भईसकेकोपनि गायक राजेशपायलले सौर्यसंगको कुराकानिमा बताए । पछिल्लो समयमा टेक्नोलोजिले पछिल्लो समयमा कलाकारहरुलाई फाईदा पुर्‍याएको बताउने गायक राजेशपायलका अनुसार युटुवमै राखिएको गितका कारण कतारको क्युटिल टेलिकममा एल्वम ‘दर्शन नमस्ते २’को गित शिर्ष ३ मा रहेको बताए । पछिल्लो समयमा सामाजिक सञ्जालमापनि प्रतिस्पर्धा चलिरहेको छ । अहिले आएर एल्वमको गितमात्र राम्रो भएर हुन्न । त्यस्तै किसिमको म्युजिक भिडियोकोपनि उत्तिनै आवश्यक रहेको छ । त्यहि कारणले गायक राजेशले एल्वम ‘दर्शन नमस्ते २’को गित ‘छैन तिमी बाहेक’ बोलको गितलाई निकै ठुलो बजेटमा तयार गरेको बताए । म्युजिक भिडियो छायांकनका लागि सौराहा प्रबेशद्धारको आसपासमा गरेका थिए । म्युजिक भिडियोको लोकेसनपनि निकै खर्चालु रहेको गायक राईले बताए । अभिनेत्री तथा मोडल हेमा श्रेष्ठलाई लिएर गायक राजेशले सो गितका लागि एक्सन कट खाएका थिए । भिडियोको छायांकन राप्ती किनार र आसपासका रमणिय स्थानहरुमा गरिएको थियो । दुईदिन लगाएर म्युजिक भिडियोको सुटिङ पुरा भएकोपनि गायक राजेशपायलले बताए । पछिल्लो समयमा म्युजिक भिडियो निर्देशनमा निकै व्यास्त रहेका निर्देशक मिलन चाम्सले निर्देशन गरेको म्युजिक भिडियोपनि निकै उत्कृष्ट बनेको छ । गायक राजेशपायलका अनुसार साढे ३ लाखको रेड क्यामेराले पहिलो पटक आफ्नो गीतको भिडियो छायांकन गरिएको गायक राजेशपायलले दाबी गरे ।
अक्टुबर १० तारीकको दिन अर्थात असोज १८ गते रीलिज गरिएको भिडियो डिसेम्वर ८ तारीक अर्थात हिजो (आईतवार, २३–मंसिर) बेलुकि सम्म भिडियोलाई ३२ हजार २ सय ३८ भन्दा माथिले हेरेका छन् । आफ्नो फुर्सदको टाईममा फेसबुकका फ्यानहरुको मात्र नभएर युटुवका फ्यानहरुकोपनि कमेन्टहरु पढिरहेको हुने गायक राजेशपायलले बताए । एल्वम किन्न नसक्ने फ्यानहरुको लागी युटुव सजिलो माध्ययम रहेको गायक राजेशले बताए । आफ्ना फ्यानहरुले एल्वम किन्न नसकेको खण्डमा गितहरु भिडियोसंगै फ्रि मा डाउनलोड गरेरै हेर्न मिल्ने हुनालेपनि दर्शकहरुको लागिपनि युटुव सजिलो भएको बताए । राजेशले भने–‘कलाकारहरुले फ्रि मा हेर्दा हामि कलाकारहरुलाई रकम आईरहेको हुन्छ । सामाजिक सञ्जालले कलाकार र फ्यान विचको दुरीलाई जोड्ने काम गरेको छ ।’
                           watch this video                         

प्रतिक्रिया