Bisal Chautari Logo

‘रंग बैजनी’मा दिक्पालको सुमिनालाई ओठमा छोइ के गर्ने चाहना ? (भिडियो सहित)

- २४ कार्तिक २०७१, सोमबार १५:३३ मा प्रकाशित


Rang Baijani song Oothma Chhoi
विशाल चौतारी समाचार
काठमाडौ २०७१, कात्तिक २४ सोमबार । यही मंसिर १९ गतेबाट प्रर्दशनमा आउन लागेको चलचित्र ‘रंग बैजनी’मा समावेश रहेको अर्को गीत रिलिज गरिएको छ । १२ वर्षपछि चलचित्र निर्देशनमा पुनरागमन गरेका निर्देशक शम्भु प्रधानको पछिल्लो चलचित्र ‘रंग बैजनी’को ‘ओठमा छोई’ बोलको गीत सार्वजनिक भएको हो । Rang Baijani song Oothma Chhoi
सार्वजनिक भएको गीतमा अभिनेता दिक्पाल कार्की र अभिनेत्री सुमिना घिमिरेले अभिनय गरेका छन् । गीतमा दीप प्रधानको संगीत र स्वर रहेको छ भने बसन्त श्रेष्ठको कोरियोग्राफी रहेको छ । नूतन, इश्वरी र सिया निर्माता रहेको चलचित्रमा दिक्पाल र सुमिनासंगे अभिनेत्री गरिमा पन्तको पनि मुख्य अभिनय रहेको छ । मित्र गुरुङले सम्पादन गरेको चलचित्रमा शम्भुका छोरा सशांक प्रधानको सिनेमाटोग्राफीे छ ।

प्रतिक्रिया