Bisal Chautari Logo

होस्टेल रिटन्र्सको शुभमुर्हत (फोटो सहित)

- १३ आश्विन २०७१, सोमबार ०६:२६ मा प्रकाशित


hostel returns moviehostel returns movie (1)
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, असोज १३ सोमबार । दुर्गिश फिल्मसले तेस्रो प्रोजेक्ट होस्टेल रिटन्र्सको शुभसाइत गरेको छ । सोमबार कमलादी गणेश मन्दिरमा प्रेसमिटमार्फत सिनेमा निर्माणको औपचारिक जानकारी समेत दिइयो ।
सायद र होस्टेलजस्ता सफल सिनेमापछि सुनिल रावल अर्को टीनएज ड्रामा बनाउन कस्सिएका हुन् । ‘प्रविधि र मौसमले लभ नम्बर बनाउन साथ नदिएपनि दशैंको शुभकामनासहित होस्टेल रिटन्र्स बनाउादैछु’ रावलले भने । रंगमंचसहितका नयाा कलाकारलाई लिएर बन्न लागेको सिनेमालाई राम्रो समीक्षा बटुलेको सिनेमा मौन निर्देशक सुरज भुषाल निर्देशन गर्दैछन् । ‘फिल्मले इन्जिनियरिङ र होस्टेल जीवनशैलीको चित्रण गर्नेछ’ विषयवस्तुबारे भुषालले भने । hostel returns movie (2)
सुशिल श्रेष्ठ, सुशिल सिटौला, शशी श्रेष्ठ, स्वस्तिमा खड्का, सुदाम सिके, शिव श्रेष्ठ, अभय बराल, रोयदीप श्रेष्ठ, प्रदीप चौधरी, नाजिर हुसेन, दीया मास्के, इभान जोशी र निर्मल शर्मा कलाकार हुन् । अभिनेत्री स्वस्तिमा खड्काले भनिन् –फिल्म खेल्नुभन्दा पनि चलेको ब्यानर र निर्देशकसाग काम गर्न पाउनु महत्वपूर्ण हो ।’ अभिनेत्री श्रेष्ठले पनि राम्रो ब्यानरसाग काम गर्न लाग्दा हर्ष भएको बताइन् । नाजिर र सुशिलले पनि महसुस बााडे । संगीतकार तथा रक ब्यान्ड स्याडोजका गायक स्वप्नील शर्माले रक र लोक स्वादलाई फिल्ममा समेटिएको बताए । हरि हुमागाइाले सिनेमा खिच्नेछन् । अग्रज कलाकार केशव भट्टराई, निर्देशक सुरज सुब्बा, चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रियले शुभकामना दिए । कल्याप ठोकेर शुभसाइत गरिएको सिनेमा असोज २१ देखि फ्लोरमा जाादैछ । बुटवलमा खिचिने सिनेमालाई २० दिनमा खिचेर सक्ने लक्ष्य राखिएको छ । दुर्गिश फिल्मसको अघिल्लो सिनेमा होस्टेल हिट भएको थियो ।

प्रतिक्रिया