Bisal Chautari Logo

खोटाङको लिकुवापोखरी धुवाँमुक्त गाविस घोषणा

- २५ असार २०७१, बुधबार ०७:५७ मा प्रकाशित


khotang news
भिम राई
खोटाङ, २०७१ असार, २५, बुधबार । गाविसका सबै घरमा सुधारिएको चुल्हो निर्माण भएपछि खोटाङको लिकुवापोखरी गाविसलाई घरभित्रको धुवाामुक्त गाविस घोषणा गरिएको छ । चार सय ५२ घर रहेको गाविसका सबै घरमा सुधारिएको चुल्हो निर्माण गरिएपछि लिकुवापोखरीलाई घरभित्रको धुवाामुक्त गाविस घोषणा गरिएको हो ।Khotang District Map
यससागै जिल्लामा घरभित्रको धुवाारहित घोषणा गरिएका गाविसको संख्या चार पुगेको छ । प्रत्येक घरभित्रको अगेनोबाट निस्कने धुवाालाई सुधारिएको चुल्होमार्फत घरबाहिर निकास हुने व्यवस्था मिलाइएपछि गाविसलाई घरभित्रको धुवाारहित गाविस घोषणा गरिएको बालसेवा समाज खोटाङले जनाएको छ ।
नेपाल सरकार वैकल्पीक उर्जा प्रवर्धन केन्द्र र उर्जा क्षेत्र सहयोग कार्यक्रम अन्तरगत श्रोत व्यवस्थापन तथा ग्रामिण सशक्तिकरण केन्द्र रिमरेकको सहयोग एवम् बालसेवा समाजको पहलमा गाबिसलाई घरभित्रको धुवाारहित घोषणा गरिएको आयोजकले जनाएको छ । सन् २०१६ सम्ममा खोटाङ जिल्लालाई घरभित्रको धुवाारहित घोषणा गर्ने उद्देश्यका साथ हरेक गाविसमा सुधारिएको चुल्हो निर्माण अभियान सञ्चालन भइरहेको छ ।
यसअघि जिल्लाका विजयखर्क, बााझेच्यानडााडा र खिदिमा गाविसलाई घरभित्रको धुवाामुक्त गाविस घोषणा गरी सकिएको छ । बालसेवा समाज नेपालका अनुसार जिल्लाका अन्य गाविसलाई समेत घरभित्रको धुवाामुक्त गाविस घोषणा गर्ने तयारी गरिएको छ ।

प्रतिक्रिया