Bisal Chautari Logo

चलचित्र ‘डिग्री माइला’को ‘सुस्त सुस्त’ बोलको गीत सार्वजनिक

- ११ फाल्गुन २०८०, शुक्रबार २१:४१ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०८० फागुन ११ शुक्रवार ।
  रामबाबु गुरुङ निर्देशित चलचित्र ‘डिग्री माइला : एमए थर्ड क्लास’को पहिलो गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘सुस्त सुस्त’ बोलको यो गीत रोमान्टिक लाग्छ । मुख्य कलाकार दयाहाङ राई र आँचल शर्मालाई भिडियोमा रोमान्टिक शैलीमा प्रस्तुत गरिएको छ ।

गीतमा एसडी योगीको संगीत, दिल्लु चम्लागाईंको शब्द रचना, योगी र विज्ञानी पराजुलीको स्वर समावेश छ । युमी बलामीको कोरियोग्राफी र निर्देशक रेनेशा बान्तवा राईको नृत्य निर्देशन छ ।

बाँसुरी फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मले तृतीय श्रेणीमा स्नातकोत्तर उत्तीर्ण गरेका एक शैक्षिक बेरोजगार पात्रको कथा भन्छ । ‘डिग्री माइला’ नाममा मण्डला थिएटरमा नाटक मञ्चन भइसकेको छ ।

बाँसुरी फिल्म्सले कबड्डी फिल्म्स तथा सुष्मा फिल्म्ससँग मिलेर यसको निर्माण गरेको हो । चलचित्रमा विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतको अभिनय छ । ‘किन चाउरिस मरिच आफ्नै रागले’ भन्ने चर्चित नेपाली उखानलाई बटमलाइन बनाएको छ । यो चलचित्र वैशाख १ गतेबाट प्रदर्शन तयारीमा छ ।

प्रतिक्रिया